बारा-पर्सा पीडितका लागि अमेरिकामा गोफण्डमी अभियान : उठ्यो २०,२९० डलर

तथ्यांक चार्ट: सुनील मणि दाहाल

एउटा नेपाली दुखिरहेको बेला अर्को नेपाली कसरी खुशी हुन सक्छ र ? त्यसैको पछिल्लो उदाहरण हो- अमेरिकामा रहेका नेपालीले चलाएका गोफण्डमी अभियानहरू। 

उनीहरूले नेपालको मध्यतराईको बारा-पर्सामा आएको हावाहुरीबाट पीडितका लाजारगि सहयोग जुटाउन संस्थागत रूपमा गोफण्डमी अभियान सञ्चालन गरिरहेका छन्।

पत्रकार सुनील मणी दाहालले तयार गरेको एक तथ्यांकअनुसार अमेरिकामा पाँच संस्थाले २० हजार दुईसय ९० अमेरिकी डलर संकलन गरिसकेका छन्। सहयोग जुटाउने संस्थाहरूमा नेपाल तरूण दल अमेरिका, एनएसयु अमेरिका, एएनटीए, मधेसी एशोसियसन अफ अमेरिका र एनआरएनए रहेका छन्। 

यो समाचार तयार पार्दासम्म एनआरएनले ५० हजार संकलन गर्ने लक्ष्य राखेकोमा चारहजार सातसय ४० डलर ृउठाएर नौ प्रतिशत सफलता हासिल गरेको छ भने मधेसी एशोसियसन अफ अमेरिकाले २० हजारको लक्ष्य राखेकोमा सात  हजार दुईसय ३४ डलर उठाएर ३६ प्रतिशत सफलता हासिल गरेको छ। 

यसैगरी नेपाल तरूण दल अमेरिकाले दुईहजार लक्ष्य राखेकोमा एकहजार चारसय ७८ उठाएर ७४ प्रतिशत सफलता हासिल गरेको छ भने नएसयु अमेरिकाले राखेको दुईहजार अमेरिकी डलरको लक्ष्यमध्ये आठसय ७१ उठाएको छ। यो उसको लक्ष्यको ४४ प्रतिशत उपलव्धी हो। 

यसैगरी एएनटीएले राखेको १५ हजारको लक्ष्यमध्ये पाँहजार नौसय ६७ अमेरिकी डलर उठाएर लक्ष्यको ४० प्रतिशत सफलता हासिल गरेको छ। 

यसबाहेक अमेरिकाको नेपाली डायस्पोरामा रहेका अन्य संघ-संस्थाहरूले पनि संसथागत रूपमा र कतिपयले व्यक्तिगत रूपमा पनि सहयोग उठाएका हुन सक्छन्। घरदेशमा पीडामा रहेका नेपालीका लागि परदेशमा रहेका नेपालीले सहयोग उठाउनु स्वागतयोग्य कदम हो र यसमा हरेक मनकारी नेपालीले आफूले सक्दो योगदान दिनु झनै राम्रो कुरा हो ।

तर, यो सँगै अर्को एउटा प्रश्न पनि उठ्न सक्छ। त्यो के भने विगतमा पनि यसरी पैसा उठाइने गरिएको छ।कतिपयले उठाएको पैसा पीडितसम्म सही किसिमले नै पुर्याएका छन् भने कतिपयले हिनामिना गरेको भन्ने समाचार पनि सार्वजनिक हुदै आएको छ।त्यो खराब इतिहास यसपटक नदोहोरियोस् र पीडितका नाममा उठाइएको रकम उनीहरूसँमे पुगोस् भन्ने चाहना सहयोगी मनहरूको छ। 

प्रकाशित मिति: : 2019-04-04 00:44:26

प्रतिकृया दिनुहोस्