कास्कीबाट विद्या भट्टराई विजयी

कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार  भट्टराई विजयी भएकी छन।

भट्टराईका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले भट्टराई विजयी भएकी हुन्। भट्टराईले २४ हजार ३९५ मत ल्याएकी छन। त्यसैगरी कांग्रेस उम्मेदवार पौडेलले १५ हजार ९८६ मत ल्याएका छन।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विद्याका पति रबिन्द्र अधिकारीले कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५४६ मत अन्तरमा पराजित गरेका थिए। 

प्रकाशित मिति: : 2019-12-01 19:00:51

प्रतिकृया दिनुहोस्