प्रधानमन्त्रीले ट्याबलेटमा हेरे १३औं सागको उद्घाटन

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए पनि अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन्।

आइतबार साँझ भएको उद्घाटन समारोहमा प्रधानमन्त्रीको ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थ्य भएपछि सो जिम्मेवारी राष्ट्रपति भण्डारीलेको भागमा परेको हो।

आइतबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको आठौं पटक डायलासिस गरिएको छ।

मंगलबार र बुधबार पनि डायलासिस गरिएको थियो। त्यसपछि शनिबार सातौं डायलासिस गरिएको थियो।

प्रधानमन्त्री ओली आइतबार हिँडडुल पनि गरे। साँझपख भने अस्पतालको शैयामा बसेर १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन समारोह ट्याबलेटमा हेरेका छन्।

प्रकाशित मिति: : 2019-12-01 20:28:43

प्रतिकृया दिनुहोस्