अमेरिकी भिसा लिन चाहिने भयो- इमेल, फोन नम्बर र सामाजिक सञ्जालको विवरण

अमेरिकी भिसा लिन के के विवरण दिनुपर्छ ? एक प्रतिकात्मक तस्बिर। ब

अमेरिकाको भिसा लिन अब आवेदकहरूले इमेल, फोन नम्बर र सामाजिक सञ्जालको विस्तृत विवरण पनि पेश गर्नुपर्ने नियम लागु हुन लागेको छ।

नियम निकट भविष्यमै लागु गरिने नयाँ नियमअनुसार भिसा आवेदन दिँदा सामाजिक सञ्जालको नाम र पाँच वर्षयता प्रयोग गरिएका इमेल तथा फोन नम्बर पनि उपलब्ध गराउँनुपर्ने हुन्छ। 

गतवर्षको मार्चमै यो नियम लागु गर्ने ट्रम्प प्रशासनको प्रस्ताव विवादमा परेको थियो। तर, यस वर्षदेखि भने यो नियम लागु गर्न ट्रम्प प्रशासन दृढ देखिएको छ।   

यो नियम लागु भएपछि वार्षिक रूपमा एक करोड ४७ लाख मानिसहरु प्रभावित हुने अनुमान गरिएको छ।

अमेरिकामा हुने अपराधिक क्रियाकलाप रोक्न तथा अमेरिकी नागरिकको सुरक्षाका लागि यो नियम लागु गर्न लागिएको बताइएको छ।

कुटनीतिक तथा आधिकारिक भिसा आवेदकले भने इमेल, फोन नम्बर र सामाजिक सञ्जालको विस्तृत विवरण दिनुपर्ने छैन। 

 

प्रकाशित मिति: : 2019-06-02 08:02:46

प्रतिकृया दिनुहोस्