चीनद्वारा आफ्ना नागरिकलाई अमेरिका भ्रमण नगर्न 'ट्राभल अलर्ट' जारी

अमेरिका भ्रमण नगर्न चिनिया नागरिकलाई 'ट्राभल अलर्ट' । प्रतिकात्मक तस्बिर

चीनले आफ्ना नागरिकलाई अमेरिका भ्रमण नगर्न अलर्ट गरेको छ । मंगलबार चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले अमेरिका भ्रमण गर्ने चिनियाँ पर्यटकलाई लक्षित गर्दै  यस्तो अलर्ट जारी गरेको हो ।

चीन र अमेरिकाबीचको तनावका कारण आफ्ना नागरिकमाथि असुरक्षा हुन सक्ने भन्दै चीनले यस्तो चेतावनी जारी गरेको बताएको छ । 

मन्त्रालयले जारी गरेको ट्राभल अलर्टमा अमेरिकामा भैरहने गोली प्रहार, डकैती तथा चोरीका घटनालाई लिएर चिनियाँहरूको यात्रा जोखिमपूर्ण हुनसक्ने बताएको छ ।

यो ट्राभल अलर्ट यस वर्षको अन्त्यसम्म रहने बताइएको छ । 

चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण चीनको यस्तो चेतावनी आएको बताइएको छ ।

चीन र अमेरिकबीचको सम्बन्ध अरू खराब भएको संकेत हो। यसबाट अमेरिकी पर्यटन उद्योगमा नराम्राे असर पर्ने बताइन्छ । 

गतवर्ष पनि अमेरिका जाने चिनियाँ पर्यटकको संख्यामा ५.७ प्रतिशतले कमी आउँदा २९ लाख चिनियाहरूले मात्र अमेरिका भ्रमण गरेका थिए । सन् २००३ यता अमेरिका भ्रमण गर्ने चिनिया पर्यटकको संख्यामा वितेको वर्षको तुलनामा कमी आएको हो। 

यसैगरी चीनले आफ्ना विद्यार्थीलाई अमेरिकामा अध्ययन गर्न नजान पनि आग्रह गरेको छ । अमेरिका अध्ययरत् विदेशी विद्यार्थीमा सबैभन्दा बढी चिनिया विद्यार्थीको संख्या छ। सन् २०१७-१८ मा तीनलाख ६३ हजार तीनसय ६१ जना चिनिया विद्यार्थी अमेरिकामा अध्ययन गरिरहेका थिए। 

 

 

प्रकाशित मिति: : 2019-06-04 23:56:07

प्रतिकृया दिनुहोस्