न्यूयोर्कस्थित लङ आइल्यान्डमा हवाई दुर्घटना, दुई जनाको मृत्यु

तस्बिरः एजेन्सी

अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाईजहाज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हनेमा ६६ वर्षीय चालक रोबर्ट मार्क र उनकी लामो समयदेखिकी केटी साथी ५७ वर्षीय सुसन क्वाङ्लियानो रहेकी छिन् ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले जनाएको छ । 

विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । थप अनुसन्धान जारी छ ।

प्रकाशित मिति: : 2019-06-09 23:43:02

प्रतिकृया दिनुहोस्