स्याण्डसर्ले पनि छोड्ने भइन् ट्रम्पको साथ ,फर्किदैछिन् अर्कान्सास

अमेरिकी राष्ट्रपति ट्रम्पकी प्रेस सेक्रेटरी सराह हुकाबी स्याण्डर्स प्रेस व्रिफिङ गर्दै । तस्बिर : गेट्टी इमेज ।

राष्ट्रपति ट्रम्पकी अर्को एक विश्वासपात्र प्रेस सेक्रेटरी सराह हुकाबी स्याण्डर्सले ह्वाइट हाउस छोड्ने भएकी छिन् । उनी जुनको अन्तिम दिपछि प्रेस सेक्रेटरीका रूपमा ह्वाइट हाउस आउने छैनन् ।

राष्ट्रपति ट्रम्पले नै एक ट्विटमार्फत् यसको पुष्टि गरेका छन् । ट्विटमा राष्ट्रपति ट्रम्पकी प्रेस सेक्रेटरी स्याण्डर्स आफ्नो गृहराज्य अर्कान्सस फर्कने बताइएको छ ।

ट्विटमा सराह स्याण्डर्स एक्स्ट्राअडिर्नरी रहेको र उनले अब अर्कान्ससको गर्भनरमा चुनाव लड्ने आफूले आशा राखेको ट्रम्पले उल्लेख गरेका छन् । 

स्याण्डर्सले विगत ९४ दिनदेखि ह्वाइट हाउसको प्रेस ब्रिफिङ दिएकी थिइनन् । यति लामो समयसम्म  ह्वाइट हाउसको प्रेस सेक्रेटरीले प्रेस व्रिफिङ नदिएको यो नै पहिलोपटक थियो । 

स्याण्डर्सको मौनतालाई धेरैले अर्थपूर्ण रूपमा लिएका थिए । कतिले त उनलाई ब्रिफिङ गर्न नै राष्ट्रपतिले रोक लगाएको समेत बताएका थिए । केहीले ट्रम्पका लागि ट्विटर भएपछि प्रेस सेक्रेटरी नै नचाहिने पनि बताउँने गरेका थिए ।

साँढे तीन वर्षसम्म ह्वाइट हाउसमा रहेकी स्याण्डर्सले आफ्नो सारा बलबुता खर्चेर राष्ट्रपति ट्रम्पको पक्षमा सत्तसालझै उभिदै आएकी थिइन् । 

अर्कान्सासमा गत वर्षमात्र गभर्नरको चुनाव भएको छ र त्यहाँ आश हट्चिनसन पुन: निर्वाचित भएका छन् । स्याण्डर्सले गभर्नरको चुनाव लड्ने नै सोच राखेकी रहिछन् भने पनि उनले सन् २०२३ सम्म पर्खनुपर्ने हुन्छ । 

प्रकाशित मिति: : 2019-06-14 03:01:34

प्रतिकृया दिनुहोस्