अमेरिकामा तेलको भाउमा ४.५ प्रतिशत वुद्धि

गल्फ अफ ओमानमा ट्यांकर हमला; अमेरिकामा उकालो लाग्यो ग्याँसको भाउ । तस्बिर : एजेन्सी

अमेरिकी बजारमा तेलको भाउमा ४.५ प्रतिशतसम्म बृद्धि भएको छ । 

गल्फ अफ ओमानमा भएको एउटा शङ्कास्पद हमलामा दुईवटा ट्याङ्करमा क्षति पुगेपछि अमेरिकी बजारमा तेलको भाउमा वृद्धि भएको हो । 

झण्डै पाँच महिनासम्म ओरालो लागेको तेलको भाउ बिहीवारको घटनापछि बढेको हो ।

विश्वकै व्यस्त तेल निर्यात मार्गमध्येको एउटा मार्गनजिकै रहेका ती ट्यांकरमा विस्फोटन र आग्लागी भएको छ ।

टयांकरलाई सुरक्षित स्थानमा सारेर चालक दलको उद्धार गरिएको छ ।

यस घटनाका लागि कसैले पनि जिम्मेवारी लिएको छैन । तर, अमेरिकी विदेशमन्त्री माइक पम्पेओले भने यसका लागि इरान जिम्मेवार रहेको आरोप लगाएका छन् । 

 

प्रकाशित मिति: : 2019-06-14 03:31:21

प्रतिकृया दिनुहोस्