अर्को सातादेखि कागजपत्रविहिनलाई देशनिकालाको चेतावनी दिदै ट्रम्पले सुरू गरे चुनावी अभियान

२०२० चुनावी अभियानको श्रीगणेश गर्दै ट्रम्प दम्पति । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को सातादेखि अमेरिकाबाट दशौं लाख कागजपत्रविहिनहरुलाई देशनिकाला गरिने चेतावनी दिएर २०२० का लागि राष्ट्रपति निर्वाचन अभियान सुरू गरेका छन् ।

फ्लोरिडाको ओरलाण्डोमा श्रीमती मेलानियाले परिचय गराएपछि सुरू भएको चुनावी अभियानमा राष्ट्रपति ट्रम्पले पुरानै मुद्दाहरू अघि सारेर चुनावी क्याम्पेन सुरू गरे । उनले वैधानिक आप्रवासीमाथि कडा प्रहार गर्दै डेमोक्रेटहरूलाई अमेरिका र अमेरिकी जनताको शत्रुका रूपमा प्रस्तुत गरे । उनले भाषणको क्रममा सन् २०१६ की प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई पनि बाँकि छोडेनन् । 

राष्ट्रपति निर्वाचन अभियान सुरू गर्ने पूर्वसन्ध्यामा ट्विटमा लेखे-  अर्को सातादेखि आइसले अमेरिकामा रहेका दशौं लाख अवैधानिक आप्रवासीलाई देशनिकाला  गर्ने छ । उनीहरू जति छिटो आएका थिए, त्यति नै छिटो देशनिकाला गरिने छन् ।' 

झण्डै १० लाख कागजपत्रविहिन आप्रवासी देशनिकालाको आदेश पाएर पनि अमेरिकामा नै बसिरहेको बताइन्छ । राष्ट्रपति ट्रम्प उनीहरुलाई पक्राउ गरेर देशनिकाला गर्ने योजनामा रहेका छन् ।

उनी यही मुद्दालाई अमेरिकी मतदाताबीच स्थापित गरेर सन् २०२० को चुनाव जित्ने योजनामा छन् । 

राष्ट्रपति ट्रम्पको यो योजनाबाट एकहजार चार ९३ जना नेपाली पनि प्रभावित हुने तथ्यांक बाहिरिएको छ । तर, न्युयोर्कका एक नेपालीमूलका कानून व्यवसायी भन्छन्- 'यो संख्याको झण्डै ७५ प्रतिशत टीपीएसबाट सुरक्षित भैसकेको छ । यदि राष्ट्रपतिले यो योजना कार्यान्वयन गरे नै भने पनि थोरै संख्यामा नेपाली यसबाट प्रभावित हुनेछन् ।' 

अवैधरूपमा अमेरिका बस्ने आप्रवासीलाई लखेटेर चुनाब जित्ने उनकाे याे रणनीति र राजनीतिक अभियानले कस्ताे परिणाम देला ? उनी अझै छ वर्ष याे देशकाे सत्ताकाे साँचाे हातमा लिएर बस्लान् कि दुई वर्षमै ह्वाइट हाउसबा बाहिरेलान् ? याे एक पेचिलाे प्रश्न बनेको छ । 

प्रकाशित मिति: : 2019-06-19 10:20:32

प्रतिकृया दिनुहोस्