जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
डिल्ली शाही
चुनावका बेला अनेकाैँ प्रतिबद्धतासहित नेताहरू गाउँगाउँ पुग्ने गर्छन्। गरिब, विपन्न वर्गका घरघरमा पुगेर भाेट माग्नका लागि अनेकाैँ आश्वासन देखाउँछन्। तर चुनाव जितेर गएपछि फर्केर गाउँ आउँदैनन्।
यसकै एक उदाहरण हाे, बैजनाथ गाउँपालिका। जहाँ चुनावका बेला नेताहरूले जनाएकाे प्रतिबद्धता पुरा गरेनन्। यहाँका नागरिकहरू अनेकाैँ अभावका बिच जीवन व्यतीत गर्न बाध्य छन्।
शौचालय नहुँदा विपन्न भएकै कारणले जंगलमा शौच गर्नुपर्ने बाध्यता छ भन्छन्, बैजनाथ गाउँपालिका १ च्याँमाका शोहनलाल थारु।
‘भोट माग्दा निकै आश्वासन दिन्छन्, तर जितेपछि केही गर्दैनन्। हामी जनताका समस्या कसले सुनिदिन्छ, दुर्दशा कसले हेरिदिन्छ? पीडाहरु यथावत नै छन्, चुनाव जितेपछि विपन्न परिवारका आवाज सुन्न पाँच वर्षसम्म कोही आएनन्। २००६ सालदेखि च्याँमामा बस्दै आएका छु’, उनले भने।
उनले हालसम्म एउटा शौचालय समेत बनाउन सकेका छैनन्। ‘एउटा शौचालय बनाउन सक्ने अवस्था पनि छैन। आर्थिक अवस्था कमजोर छ। कसैको सहयोग पाएँ भने तुरुन्तै शौचालय बनाउथेँ, तर कसले दिन्छ सहयोग?’, उनी दुख सुनाउँदै भन्छन्, ‘एउटा विपन्न परिवारलाई शौचालय बनाउन यति ठूलो पीडा हुँदा रहेछ। घरमा म मात्र होइन श्रीमती, छोरा, बुहारी छन्। जंङ्गलमा शौच गर्दा समुदायले हेर्न नजर नै फरक हुँदो रहेछ।’
यस्तै बैजनाथ गाउँपालिका १ च्याँमाका लाहनु थारुकाे पीडा पनि कम छैनन्। ५० वर्षदेखि शौचालय नहुँदाको पीडाले निकै सताएको छ उनलाई। ‘पालिकाले शौचालय बनाउने भनेको थियो, निवेदन पनि पेश गर्याैँ। तर पछि के भो हामीलाई केही जानकारी आएन’, उनले भने, ‘तर अझै पनि सहयोगको अपेक्षा गरेका छौं। थोरै सहयोग भयो भने शौचालय बनाउँथेँ। पाँच वर्ष भयो तर कसैले सहयोग गर्नुभएन।’
‘हामी विपन्न परिवारहरुले नै भोट दिएर जिताउँछौं, तर विपन्न परिवारकै समस्या बुझ्दैनन्’, उनले दुःख व्यक्त गरे। पालिकामा अझै विपन्नताले शौचालयविहीन छन्। शौचालय बनाउने भनी विभिन्न आश्वासन दिएपनि अझै शौचालय बनेका छैनन्।
बैजनाथ गाउँपालिकामा पाँच वर्षभन्दा बढी भयो खुल्ला दिशामुक्त पालिका घोषणा भएको, तर जनताहरुको घरमा शौचालय छैन। पालिकाभरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएर अन्तिममा बाँके जिल्ला नै २०७५ असार २८ गते दिशामुक्त क्षेत्र घोषणा भयो। बाँके जिल्ला खुला दिसामुक्त हुने मुलुकमध्ये ५७ औं र तराईको ९ औं जिल्ला पर्दछ।
खुल्ला दिशामुक्त क्षेत्र घोषणा भइसकेकोले बैजनाथ गाउँपालिकाले शौचालय निर्माणसम्बन्धी कुनै योजना नल्याएको बैजनाथ-१ का अध्यक्ष रुपबहादुर मल्लले बताए।
‘पहिलो चुनाव हुने बेलामा घरदैलोमा गएका थियौं, तर शौचालय छ या छैन भनेर हामीले सोधेनौँ’, उनले भने, ‘तर तपाईंहरुका समस्या समाधान हुन्छन् भनेका थियौं।’
तर २१ औं शताब्दीमा शौच गर्ने जंगल जानु भनेको निकै लाजमर्दो विषय हो। त्यसको लागि वडाबाट नभएपनि व्यक्तिगत रुपमा सहयोग गरी शौचालय निर्माण गराउने अध्यक्ष मल्लले बताए।
यस्तै शौचालय नभएको बारेमा आफू जानकार नभएको बैजनाथ वडा नम्बर १ का एमालेका अध्यक्ष धनभक्त बुढाले बताए। ‘पहिलो निर्वाचनमा वडा अध्यक्षलाई जिताऊ अभियान लिएर घरघर गयौं, तर त्यो बेलामा शौचालय छ या छैन भनेर सोधेनौं, ‘तर यो विषय गम्भीर हो। यसकाे समाधानका लागि हाम्रो पार्टी लाग्नेछ’, उनले भने।
यसैगरी नेकपा माओवादी केन्द्र बैजनाथ वडा नम्बर १ का अध्यक्ष शैलेन्द्र बुढाले खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको पाँच वर्ष भएपनि अझै शौचालय नहुनु भनेको निकै दुःखदायी विषय भएको बताए।
‘इमान्दारीताका साथ भन्छु, यो विषयमा जानकार छैन। चुनावमा एक पटक च्याँमा गाउँमा पुगेकाे हाे, तर अहिले धेरै भयो नगएको’, उनले भने, ‘फेरि चुनाव आउन लागेको छ, अब जानुपर्ला।’ शौचालय नभएको विपन्न परिवार कति घुरधुरी रहेछन् तथ्थांक निकालेर तुरुन्तै समस्या समाधान गर्ने अध्यक्ष बुढाले बताए।
त्यस्तै नेपाली कांग्रेसका बैजनाथ-१ अध्यक्ष शुरविक्रिम शाहले पनि च्याँमा गाउँमा शौचालय छैनन् भन्ने विषयमा पूर्णरुपमा जानकारी नभएको बताए।
‘पालिकालाई खुला शौचालयमुक्त क्षेत्र घोषणा गर्ने बेलामा सबै घरधुरीमा गएको याद छ, तर ठ्याक्कै भन्न सकिएन’, उनले भने, ‘तर काहीँकतै छुटेको भए यथास्थिति बुझेर सहयोग गर्नेछौं।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया