अमेरिकाको हवाईमा विमान दुर्घटना: विमानमा सवार सबैको मृत्यु

अमेरिकाको हवाई राज्यको ओआहु टापुमा स्काइडाइभिङका लागि प्रयोग हुने एक यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा रहेका सबै नौजनाको मृत्यु भएको छ । 

विमानमा ६ जना कमर्चारी र तीनजना यात्रु रहेको बताइएको छ । 

द किङ एयरको विमान स्थानीय समयअनुसार शुक्रबार साँझ ६:३० बजे डिलिङ्घाम एएरफिल्ड नजिकै दुर्घटना भएको थियो । 

हवाई राज्यको यातायात विभागले दुर्घटना र मानवीय क्षतिको खबर पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ ।

दुर्घटनास्थल नजिकैबाट स्थानीय बासिन्दाले दुर्घटनाको खबर दिएपछि अग्नी नियन्त्रण विभागका कमर्चारीहरू उद्धारका लागि गएका थिए । तर, उनीहरू पुग्दा विमान पुरै जलेर नष्ट भइसकेको थियो । 

विमान दुर्घटनाको कारणबारे अनुसन्धान भैरहेको बताइएको छ । 

प्रकाशित मिति: : 2019-06-23 01:01:05

प्रतिकृया दिनुहोस्