वासिङ्टन डीसी महानगर क्षेत्रमा सप्ताह: पुराणमय भएको छ नेपाली डायस्पोरा

लोटस टेम्पल, पण्डित र भक्तजन - एक प्रतिकात्मक तस्बिर ।

अमेरिकाको वासिङ्टन डी सी महानगर क्षेत्रको नेपाली डायस्पोरा यतिबेला पुराणमय भएको छ । 

जुन २२ देखि २९ सम्म फेयरफ्याक्सको लोटस टेम्पलमा आयोजना हुने डीसी मेट्रो सप्ताह २०१९ ले उनीहरूलाई पुराणमय बनाएको हो । अहिले उनीहरू सबै किसिमका विविधता र विषयहरू तपसिलमा थाँति राख्दै एकजुट भएर पुराणलाई सफल बनाउन लागिपरेका छन् ।

वासिङ्टन डी सी महानगर क्षेत्रमा नेपाली सामुदायिक केन्द्र बनाउन सहयोग जुटाउने प्रयोजनका लागि सप्ताह आयोजना गरिएको हो । यसका लागि आयोजकहरू जतिसक्दो बढी रकम जम्मा गर्न लागिपरेका छन् ।

सप्ताहका प्रमुख वाचकका रूपमा पण्डित दीनबन्धु पोखरेल केही दिनअघि नै वासिङ्टन डी सी आइसकेका छन् ।

अमेरिकामा सामुहिक काम गर्नका लागि पुराण/सप्ताह एउटा माध्यम बन्दै आएको छ । यसअघि अमेरिकाको न्युयोर्कलगायतको नेपाली डायस्पोरामा पनि पुराण/सईताह लगाएर सहयोग जुटाइएको थियो ।

पण्डित पोखरेल पछिल्लोपटक न्युयोर्कको रिजवुड नेपाली समाजको सामुदायिक भवन निर्माणका लागि सहयोग जुटाउन अमेरिका आएका थिए । त्यहाँ उनको पारिश्रमिक लगायतका कुरामा पारदर्शिता नभएकाले उनी विवादमा पनि तानिएका थिए । 

विवाद बढ्दै गएपछि उनले नेपाल पुगेर स्पष्टिकरण नै दिनु परेको थियो । 

पुराण धर्मका लागि लगाइने हो कि रकम संकलनका लागि ? यो आफैंमा विवादित प्रश्न हो । तर, यो धर्म र भावनासँग जोडिने प्रश्न भएकाले त्यति जायज मानिदैन र उठाउने व्यक्तिलाई राम्रो पनि मानिदैन । तर, एउटा करा के चाँहि हो भने रिजवुड पुराणबाट पाठ सिकेर त्यस्ता कुरा डिसी मेट्रो सप्ताहमा नदोहिरिृन् भनेर चाँहि जो कोहीले पनि भन्न सक्नुपर्छ । 

प्रकाशित मिति: : 2019-06-23 03:31:48

प्रतिकृया दिनुहोस्