अमेरिकाको उत्तरी टेक्सास र ओक्लोहामामा आइसको छापा, ७५ जना पक्राउ

आइसको छापा । तस्बिर सौजन्य : स्थानीय टीभी ।

अमेरिकामा रहेका कागजपत्रविहिनविरूद्धको आइस धरपकड दुईसाता पछि सार्ने भनिए पनि त्यसो भएन । अध्यागमनको नियमित छापा भनेर उत्तरी टेक्सास र ओक्लोहामामा गत चार दिनमा ७५ जना कागजपत्रविहिन आप्रवासी पक्राउ गरिएको जनाइएको छ । 

आइसले जनाएअनुसार पक्राउ पर्नेमा७३ जना दक्षिणी अमेरिकी ल्याटिनो रहेका छन् । त्यसमा पनि सबैभन्दा बढी ५८ जना मेक्सिकन रहेका छन् । यसैगरी ग्वाटेमाला र होण्डुरसका ६-६ जना,  एलसाल्भाडोरका २ जना  र एक्वेडरका एकजना रहेका छन् । पक्राउ पर्ने दुईजना गैरल्याटिनोमा एकजना केन्या र अर्कोजना र भियतनामका रहेका छन् ।

आइसले यसपटक पक्राउ परेका अपराधिक पृष्ठभूमिका भएको बताएको छ । उसले पक्राउ परेका एकजना मेक्सिकन पहिले पनि लागुऔषको कारोबारमा दोषी ठहरिएको बताएको छ । यसैगरी अर्को एकजना होण्डुरसको नागरिक बालिका बलात्कारको अभियोगमा पहिले पनि पक्राउ परेका व्यक्ति हुन् ।

 

प्रकाशित मिति: : 2019-06-26 04:58:46

प्रतिकृया दिनुहोस्