नेपाली चेली कञ्चनलाई अमेरिकाको प्रतिष्ठित 'राइस अवार्ड'

यस वर्षको राइस अवार्ड बिजेता कञ्चन अमात्य । तस्बिर सौजन्य : कञ्चन अमात्य ।

नेपाली चेली कञ्चन अमात्यले यस वर्षको राइस अवार्ड पाएकी छिन् । 

वासिंटन डिसीको रोनाल्ड रेगन इन्टरनेशनल सेन्टरमा एकहजार अमेरिकी डलर नगदसहित उनलाई यो अवार्ड प्रदान गरिएको छ । विभिन्न २२ देशका आवेदकमध्येबाट अमात्यलाई अवार्डका लागि छानिएकी हुन् ।

२२ देखि ३२ बर्ष उमेर समुहको सिर्जनशील युवा नेतृत्वलाई प्रदान गरिने यो अवार्ड अमेरिकाकै प्रतिष्ठित अवार्ड मानिन्छ । यो अवार्ड सोसाइटी फर इन्टरनेशनल डेभलपमेन्टले सन् २००३ देखि प्रदान गर्दे आएको छ। अमेरिकी वौद्धिक व्यक्तित्व एन्ड्रयु ई राइसका नाममा स्थापित यो अवार्ड सुरूमा टु्रम्यान अवार्डका रुपमा चिनिन्थ्यो। ०१० मा उनको निधनपछि सन् २०११ देखि अवार्डको नाम राइस अवार्ड भएको हो । 

नेपालको ललितपुर थातथलो भएकी नेपाली चेली अमात्य महिला तथा युवा शक्तिकरणको क्षेत्रमा क्रियाशील छिन् । 

प्रकाशित मिति: : 2019-06-27 02:16:03

प्रतिकृया दिनुहोस्