२०२० को राष्ट्रपति उम्मेद्वारीका लागि डेमोक्रेटिक आकांक्षीबीच आज पहिलो डिबेट

पहिलो चरणको पहिलो डिवेटमा सहभागी आकांक्षीहरू । तस्बिर : एजेन्सी ।

अमेरिकामा सन् २०२० को राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक आकांक्षीहरूको प्राइमरी बहस आजदेखि सुरू हुने भएको छ । सीएनएनसँगको सहकार्यमा फ्लोरिडाको मियामीमा आयोजना हुने बहस पूर्वी समयअनुसार राति ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा हुने छ । 

२४ जनाले उम्मेद्वारी घोषणा गरे पनि १ प्रतिशतभन्दा कम जनमत ल्याउने र २० राज्यबाट ६५ हजार अमेरिकी डलर चन्दा उठाउन नसक्ने चारजनालाई पहिलो चरणको डिबेटमा सहभागी नगराइने भएपछि २० जनाबीच डिबेट हुने भएको हो । २० जनालाई १०-१० जनाको दुई समूहमा बाँडेर वुधबार र विहिबार फ्लोरिडाको मियामीमा प्रथम चरणको डिबेट गराइदैछ ।

पहिलो चरणको पहिलो बहसमा  एलिजावेथ वारेन, कोर बुकर, बेटो ओ'रूर्क,एमी कोचर, जुलियन कास्ट्रो, बिल द ब्लाजिओ, जोन डिलानी, तुल्सी बावार्ड, टिम रायन र जे इन्स्ली सहभागी रहेका छन् । 

उनीहरूलाई आप्रवासी समस्यामा केन्द्रित भएर प्रश्न गरिने बताइएको छ। प्रश्नको उत्तर के कसरी दिन्छन्, त्यसैको आधारमा तटस्थ डेमोक्रेटहरूले मत धारणा बनाउने सम्भावना रहन्छ । 

 

प्रकाशित मिति: : 2019-06-27 03:01:49

प्रतिकृया दिनुहोस्