'के यो मानिस अमेरिकी नागरिक हो ?' सोध्न नपाइने भयो अमेरिकी जनगणनामा

'के यो मानिस अमेरिकी नागरिक हो ?' सोध्न पाइदैन अमेरिकी जनगणनामा ।

के यो मानिस अमेरिकी नागरिक हो?
अमेरिकाको सन् २०२० मा हुने राष्ट्रिय जनगणनामा तत्कालका लागि यो विवादित प्रश्न थप्न नपाइने भएको छ । 

अमेरिकाको सर्वोच्च अदालतले ट्रम्प प्रशासनका नाममा उक्त प्रश्न नथप्न आदेश जारी गरेको हो । सर्वाेच्च अदालतका प्रधानन्यायाधीशसहित नौमध्ये पाँच न्यायाधीशको बहुमतले यस्तो निर्णय गरेको हो । 

निर्णयमा सरकारले सोध्न खोजेको प्रश्न 'कृत्रिम' भएको जनाउँदै त्यसको औचित्य पुष्टि हुन नसकेको बताइएको छ । 

सर्वाेच्च अदालतको यो निर्णयले मिश्रित प्रतिक्रिया पाएको छ । 

राष्ट्रपति ट्रम्प यस निर्णयबाट आक्रोशित देखिएका छन् । उनले ट्विटमार्फत् जारी गरेको एक प्रतिक्रियामा सरकार र देशले जानकारी माग्न नपाउनु हाँस्यास्पद भएको भनेका छन् । उनले जनगणना नै पछि सार्न प्रयास गरिने पनि बताएका छन् । 

तर, विपक्षी डेमोक्र्याटिक पार्टी र नागरिक अधिकार समूहले सर्वाेच्च अदालतको यो आदेशको स्वागत गरेका छन् । उनीहरूले राजनीतिक उद्देश्यबाट प्रेरित भएर आप्रवासी तथा अल्पङ्ख्यकको उत्तर दबाउने दुराशायले राख्न खोजिएको प्रश्नका बारेमा यस्तो निर्णय आउनु स्वभाविक भएको बताएका छन् । 

उनीहरूले सर्वाेच्च अदालतको यो निर्णयले सन् २०२० को जनगणनामा आप्रवासी तथा अल्पङ्ख्यकको सहभागिता बढ्ने बताए ।

प्रकाशित मिति: : 2019-06-29 00:40:05

प्रतिकृया दिनुहोस्