अमेरिकाको टेक्सासमा विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु

दुर्घटनाग्रस्त विमानबाट निस्केको धुवाँको मुस्लो । तस्बिर : एजेन्सी

अमेरिकाको टेक्सास राज्यको म्युनिसिपल विमानस्थलमा भएको एक विमान दुर्घटनामा विमानमा सवार सबै १० जनाकै मृत्यु भएको छ।

फ्लोरिडाका लागि उडेको 'बिचक्राफ्ट बिइ-३५० किङ एअर' विमान ३०० मिटर माथि पुग्नेबितिकै ह्यांगरमा झरेको थियो ।

झरेपछि आगलागी हुँदा विमानमा सवार सबै जलेर मरेका थिए, विमान पनि खरानीको डंगुरमा परिणत भएको थियो । विमानमा दुई कर्मचारी र १० जना यात्रु थिए । यात्रुहरू सबै एकै परिवारका सदस्य भएको बताइएको छ । 

विमान दुर्घटनाका बारेमा अध्ययन भइरहेको बताइएको छ । विमानको इन्जिनमै खराबी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । 

प्रकाशित मिति: : 2019-07-02 08:33:28

प्रतिकृया दिनुहोस्