अमेरिका जुलाई ४ को रङमा रंगिसक्यो : ७,५०० आप्रवासीलाई नागरिकता वितरण !

अमेरिकी नागरिक भएको गौरवमय क्षण । तस्बिर: एजेन्सी

जुलाई ४, २०१९ आइपुग्न अब २४ घण्टा पनि बाँकि छैन । अमेरिका २४३औं स्वतन्त्रता दिवशको रङमा रंगिसकेको छ । जुलाई ४ विहिबारदेखि जुलाई ७ आइतबारसम्म चार दिनको लामो छुट्टि बसेर यसपटक अमेरिका आफ्नो स्वतन्त्रता दिवश मनाउन लागिरहेको छ । 

आतसबाजी, पटका पड्काउने र सजाउनेलगायका अनौपचारिक र केही औपचारिक कार्यक्रमहरू जुलाई १ देखि नै सुरू भैसकेका छन् । 

यस्तै एउटा कार्यक्रम अमेरिकाको नागरिकता वितरण पनि हो । अमेरिकामा कानुनी हैसियतमा १५ वर्ष बसेर पनि नागरिकताको परीक्षा पास गर्न नसकेकाहरूलाई स्वत: नागरिकता दिइने प्रावधान छ । त्यही प्रावधानको अभ्यास गर्दै युएससीआईएसले समारोहकै आयोजना गरेर नागरिकता वितरण गर्ने गर्छ । 

युएस्आइएसले यस वर्ष जुलाई १ देखि जुलाई ५ सम्म अमेरिकाका विभिन्न राज्यमा ११० वटा समारोहको आयोजना गरेर सातहजार पाँच सय यस्ता आप्रवासीलाई नागरिकता प्रदान गर्ने जनाएको छ । यसअघि सन् २०१७ र २०१८ मा क्रमश: १५ हजार र १४ हजार यस्ता आप्रवासीलाई अमेरिकाको नागरिकता प्रदान गरिएको थियो । 

कोलम्बसले पत्ता लगाएको अमेरिका सन् १७७६ मा जुलाई ४ मा बेलायति साम्राज्यबाट स्वतन्त्र भएको घोषणापत्र गरिएको थियो । त्यसयता हरेक वर्ष जुलाई ४ का लिन अमेरिकाले विभिन्न कार्यक्रमको आयोजना गरी हर्ष बढाइका साथ स्वतन्त्रता दिवश मनाउँदै आएको छ । 

अमेरिकामा नेपालीले पाइलो टेकेको यही वर्ष एकसय वर्ष पुगेको छ । यस बीचमा हजारौको संख्यामा नेपालीमूलका मानिसहरू अमेरिकी नागरिक भैसकेका छन् । अमेरिकामा चौथो पुस्ताका नेपालीमूलका अमेरिकी भेटन थालिएको छ । सिमान्तकृत भए पनि अमेरिकामा नेपालीले लोभलाग्दै प्रगति गरेका छन् । र, नेपालीको छवि अमेरिकामा तुलनात्मक रूपमा राम्रै रहेको छ । 

प्रकाशित मिति: : 2019-07-03 22:49:15

प्रतिकृया दिनुहोस्