ट्रम्प प्रशासनलाई अर्को धक्का :अध्यागमन हिरासतबाट धरौटीमा रिहा हुने व्यवस्था यथावत

अमेरिकी अध्यागमनमा भएकाहरू धरौटीमा रिहा भएर मुद्दा लड्न सक्ने नीति यथावत एक प्रतिकात्मक तस्बिर । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्पति डोनल्ड ट्रम्पको आप्रवासीलाई निरूत्साहित गर्ने अर्को एउटा नीति लागु नहुदै रोक्का भएको छ । जुलाई १५ देखि अमेरिकाको अध्यागमन हिराशतमा हुनेलाई धरौटीमा रिहा नगर्ने नियम लागु गर्न लागिएकोेमा त्यसलाई लागु नगर्न अदालतले आदेश दिएको हो । 

यस्तो आदेश शियाटलस्थित संघीय अदालतका न्यायाधिस मार्शा पेचम्यानको जारी गरेका हुन् । उनले महान्यायाधिवक्ताको यो नियम असंवैधानिक भएको भन्दै कार्यान्वयनमा रोक लगाउने आदेश दिएका हुन् ।

महान्यायाधिवक्ता विलियम गत अप्रिलमा बारले जुलाई १५ देखि लागु हुने गरी अमेरिकाको अध्यागमन हिरासतमा हुनेलाई धरौटीमा रिहा नगर्ने नियम कार्यान्वयनको गर्ने घोषणा गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-07-04 05:28:40

प्रतिकृया दिनुहोस्