
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
घर बाहिरको काठको थोत्रे कुर्सीमा बसेर
आफ्नो अतीतमा गुमाएका
ती सबै तिता-मिठा पलहरुलाई सम्झेर
बाउ रूदैछन्।
चाउरी परेको गालाको छाला
धमिलो-धमिलो पार्दै गरेका ती आँखाका ज्योति
अनि उकुसमुकुस परेको उमेरसँग
एक्लै लाप्पा खेल्दै
बाउ रूदैछन्।
परिवारप्रति गरेको समर्पण
उमेर हुँदा खसाएको पसिना
अनि त्यही पसिनाले लिपेको
आफ्नो छोराछोरीको भाग्य
फेरि त्यही भाग्यले एकदिन
लत्यायो उसको वर्तमानलाई
आज सम्झेर पुरानो सम्झनालाई
बाउ रूदैछन्।
घर बाहिरको काठको थोत्रे कुर्सीमा बसेर
बैंसमा रमाएर उसलाई जीवन-सङ्गिनी बनाएका थिए
कति कलकलाउँदो माया दुवै जनाको थियो
तर, आज त्यो ओछ्यानमा
पुरानो सिरानीलाई सुमसुमउदै एकलै
सँगिनी बिनाको करकापले भरेको जीवन बिताउँदै
बाउ रूदैछन्
सँगिनीको साथलाई सम्झेर।
यसपालि त घर फर्किन्छन् कि भनेर
छोरा-बुहारी र छोरी-ज्वाइँको प्रतिक्षामा बस्दै
विजय दशमीको अक्ष्यता टिका
झर्के थालमा सजिएको हरियो जमरा लिएर
बाउ रूदैछन्।
घर बाहिरको काठको थोत्रे कुर्सीमा बसेर
हो यो सत्य हो।
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
‘फादर्स डे’, विडम्बनाको उत्सव
कांग्रेसभित्र महाभारतका पात्रः को दुर्योधन, को अर्जुन?
हामी नेपाली सोझा कि मूर्ख?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया