अमेरिकी राजधानी वाशिङटनमा 'बाढी', ह्वाइट हाउसमा पनि पस्यो बाढी !

अमेरिकी राजधानी वाशिङटनमा 'बाढी । तस्बिर : बीबीसी

अमेरिकाको राजधानी वासिङटन डीसीमा आएको 'बाढी'का कारण त्यहाँको जनजीवनमा आपत आइपरेको छ ।

आवतजावत गरिरहेका यात्रु जोखिममा परेका छन्, सवारस् साधन डुब्दा चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गर्नु परेको छ ।

 केही भूमिगत रेलमार्गमा डुबानमा परेका छन् । कतिपय अन्डरपास मार्गमा  दुईमिटरसम्म पानी जमेको छ ।

यसैगरी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भएको छ । वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको छ ।

त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन्। तर, ती दस्तावेज भने सुरक्षित नै रहेको बताइएको छ । 

 

प्रकाशित मिति: : 2019-07-10 18:55:29

प्रतिकृया दिनुहोस्