अमेरिकाका लागि बेलायती राजदूतले दिए राजीनामा

अमेरिकी राष्ट्रपति ट्रम्प र बेलायती राजदूत सर किम डारक । तस्बिर : एजेन्सी

अमेरिकाका लागि बेलायती राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना गरेको इमेल चुहिएर विवादमा तानिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । 

राजदूत किमले ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै लेखेको इमेल सार्वजनिक भएपछि उनी विवादमा तानिए । ट्रम्पले कदमै मूर्ख व्यक्तिको संज्ञा दिदै उनीसँग व्यवहार नै नगर्ने घोषणा गरिदिए ।

किमको पक्षमा बेलायतकी काम चलाउ प्रधानमन्त्री टेरिजा मे देखिए पनि प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि रहेका बोरिस जोन्सन उनको विपक्षमा उभिए । यसबाट थप अप्ठ्यारोमा परेका किमले बुधबार राजीनामा दिए ।

यसैबीच बेलायतको विदेश मन्त्रालयले राजदूत किमले राजीनामा दिएको पुष्टि गरेको छ। उनले इमेल सार्वजनिक भएपछि अमेरिकाको लागि राजदूतको रूपमा आफ्नो काम गर्न "असम्भव" भएको बताएका छन् । 

प्रकाशित मिति: : 2019-07-10 20:00:56

प्रतिकृया दिनुहोस्