अमेरिकामा हराइरहेका 'आयुश दाहाल' भेटिए !

आयुश दाहाललाई घर लिएर जाँदै मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ का डेलिगेट ह्यारी भण्डारी। तस्बिर : सामाजिक सञ्जाल

अमेरिकाको मेरिल्याण्ड राज्यमा हराइरहेका नेपाली युवा आयुश दाहाल भेेटिएका छन् । उनलाई स्थानीय प्रहरीले मेरिल्याण्डकै लिबर्टीस्थित एक स्टोर बाहिर शुक्रबार विहान भेटेको हो । प्रहरीले आयुशलाई भेटेको जानकारी दिएपछि लिबर्टी पुगेका मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ का डेलिगेट ह्यारी भण्डारीले आयुश भेटिएको पुष्टि गरे । उनले ब्रेक एन लिंक्ससँग कुराकानी गर्दै भने आयुश भेटिएका छन्, उनको उद्धार गरेर म लैजादै छु ।उनलाई परामर्श र तत्कालका लागि आधारभूत आवश्यकताकै व्यवस्था गर्नुपर्ने अवस्था छ । ्

आयुश मेरिल्याण्डको ग्वेन ओक्सबाट १५ दिनदेखि बेपत्ता भएको निवेदन स्थानीय प्रहरीमा मंगलबार दर्ता गरिएको थियो। सम्मान वैद्यसँगै बस्दै आएका उनी हराएको जानकारी अनुप खनालले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का डेलिगेट ह्यारी भण्डारीसम्म पुर्याएपछि उनको औपारिक रूपमा खोजी कार्य अघि बढाइएको थियो ।

 

खोटाङ पुर्खौली घर भएको आयुशको  परिवार भक्तपुरमा बस्दै आएको छ । छोरो हराएको समाचारले स्तब्ध भएका बाबु तेजबहादुर दाहाल र आमा मीना दाहालले अमेरिकाको नेपाली डायस्पोराका अगुवाहरूलाई छोरोको खोजी गरिदिन अनुरोध गरेका थिए ।

भिसामा टेक्सासमा आएका आयुश केही समयअघि मेरिल्याण्ड सरेका थिए । 

 

प्रकाशित मिति: : 2019-07-12 20:38:28

प्रतिकृया दिनुहोस्