अमेरिकाका १० सहरका दुईहजार आप्रवासी परिवार आइसको निशानामा : त्रास सबैमा

अपराधीलाई मात्र हुन्छ धरपकड ...बाँकिलाई केही हुदैन । तैपनि मनको बाघले खाएपछि कसको के लाग्छ र ?

अमेरिकाका नौ ठूला सहरमा आइतबारदेखि अध्यागमन (आइस) ले छापा मार्ने भनिए पनि यो समाचार तयार पारून्जेलसम्म त्यस्तो कुनै आधिकारिक छापा मारिएको समाचार आएको छैन । 

आइसलेछापा मार्ने सहरको सूचीमा न्युयोर्क, एटलान्टा, बाल्टिमोर, शिकागो, डेनभर, ह्युस्टन, लस एन्जलस, मायामी, सान फ्रान्सिस्को र न्यु ओर्लियान्स थिए । तर, बेरी नामक आँधी आएकाले न्यु ओर्लियान्स भने छापा मार्ने सहरको सूचीबाट हटाइएको थियो ।

आइस पछिल्लो चरणमा अमेरिकामा प्रवेश गरेका र देशनिकालाको आदेश पाइसकेका दुई हजार परिवारलाई देश निकाला गर्ने अभियानमा लागेको छ । आइसले गत फेब्रुअरीमै १० सहरका दुई हजार परिवारलाई पत्र पठाउदै आफूसमक्ष उपस्थित हुन आदेश दिएको थियो । तर, उनीहरू कोही पनि उपस्थित भएनन् । 

जब जब अमेरिकामा राष्ट्रपतिको चुनाव आउँछ, सँगसँगै आइसको त्रास पनि छाउन थाल्छ । अहिले त्यही चुनाव आउने र त्रास छाउने क्रम सँगै २०२० को चुनाव आउँदै गरेको संकेत मिलेको छ । 

राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो २०२० को चुनावी अभियानको औपचारिक घोषणा गर्ने पूर्वसन्ध्यामै अर्को आइतबारदेखि आइसले छापा मारेर आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरिदिए । तर, अर्को आइतबार नहुँदै डेमोक्रेट्सको मागअनुसार छापा मार्ने क्रम एक साता सरेको घोषणा गरे ।   

त्यसपछि चर्चामा रहेको यो आइस छापा अहिलेसम्म भएको छैन । तर, त्यसले आप्रवासीमाझ एक  किसिमको त्रासको वातावरण सिर्जना गरेको छ । 

प्रकाशित मिति: : 2019-07-14 23:58:34

प्रतिकृया दिनुहोस्