अमेरिकामा 'रेज द वेज एक्ट' विधेयक : पास हुने भयो घण्टाको १५ डलर

ज्याला बढाउने माग गर्दै एक 'रेज द वेज एक्ट' अभियन्ता । तस्बिर : एजेन्सी ।

अमेरिकाको न्युनतम ज्याला बढाउने विधेयक 'रेज द वेज एक्ट'माथि हाउस अफ रिप्रेजेन्टेटिभ्समा यसैसाता मतदान हुदैछ । सन् २०२४ सम्ममा अमेरिकाभरका कामदारको न्युनतम ज्याला घण्टाको १५ डलर पुर्याउनुपर्ने यस विधेयकमा प्रस्ताव गरिएको छ । 

हाउस अफ रिप्रेजेन्टेटिभ्समा बहुमतमा रहेका डेमोक्रेटसले स्पोन्सर गरेको यो विधेयक त्यहाँ पारित हुने लगभग निश्चित छ । त्यहाँ पारित भएपछि यो विधेयक माथिल्लो सदन सिनेटमा जान्छ । त्यहाँ पारित भएपछि यो राष्ट्रपतिको पुगेर निस्कर्षमा पुग्छ । 

सन् २०२० को राष्ट्रपतीय चुनावको पूर्वसन्ध्यामा आएको पपुलिष्ट बिल हो यो । यो बिलको विपक्षमा उभिनु भनेको जनमत गुमाएर अलोकप्रिय हुनु हो । त्यसैले यो विधेयक सिनेटमा पारित हुने र राष्ट्रपति ट्रम्पले पनि स्वीकार गर्ने लगभग निश्चित छ । 

अहिले अमेरिकाको न्युनतम ज्याला घण्टाको ७ डलर २५ सेन्ट छ । हरेक राज्यमा कार्यरत् कामदारलाई कम्तिमा पनि यति चाँहि दिनैपर्ने हुन्छ । धेरै राज्यमा योभन्दा बढी नै छ । तर, पनि पछिल्लो समय अमेरिकी आमनागरिकलाई जीवन धान्न हम्मे हम्मे भैरहेको छ । 

प्रकाशित मिति: : 2019-07-16 01:18:45

प्रतिकृया दिनुहोस्