राष्ट्रपति ट्रम्पको 'रंगभेदी ट्विट 'को निन्दा प्रस्ताव तल्लो सदनमा पारित

राष्ट्रपति ट्रम्पको 'रंगभेदी ट्विट ' को निन्दा प्रस्ताव : पक्षमा २४० विपक्षमा १८७ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको ‘रेसिस्ट’ टिप्पणीको निन्दा सम्बन्धी प्रस्ताव डेमोक्र्याटिक पार्टीको नियन्त्रण रहेको अमेरिकी संसदको तल्लो सदन द हाउस अफ रिप्रिजेन्टेटिभले पारित गरेको छ । प्रस्तावको पक्षमा २४० र विपक्षमा १८७ मत परेको थियो । पक्षमा सबै डेमोक्रेटका अतिरिक्त चार रिपब्लिकन र एक इन्डिपेन्डेन्ट सांसदले पनि मत दिएका थिए ।

यो प्रस्ताप पारित भएसँगै आइतबार ल्याटिन तथा अफ्रिकन मुलका आप्रवासी महिला सांसदलाई लक्षित राष्ट्रपति ट्रम्पको ट्विटलाई संसदले रंगभेदी ठहर गरेको हो । 

राष्ट्रपति ट्रम्पले ट्वीटमा लेखेका थिए, ‘मुल रुपमा राज्यसत्ता पूर्ण रुपमा खराब रहेको देशबाट आएकाहरुले सुझाव दिनु पूर्व आफ्नो मुल देश फर्किए हुन्छ ।’ त्यसपछि ट्रम्पले सभामुख पेलोसीलाई लक्षित गर्दै अर्को एउटा ट्विटमा ती नेतृहरु आफ्नो ‘मुल’ देश फर्किने भए सभामुख पेलोसीले खुशीसाथ यात्राको नि: शुल्क व्यवस्थापन गर्ने भन्ने व्यहोराको ट्विट गरेका थिए ।

डेमोक्र्याटिक पार्टीका लेफ्ट–विङ्गमा रहेका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख पेलोसीको गएको हप्ता विवाद भएको थियो । द स्क्वाडमा अमेरिकामै जन्मी हुर्केका डेमोक्रेट कंग्रेस सदस्यअरू एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब र एयाना प्रेसली तथा बाल्यकालमा अमेरिका आएकी इहान ओमार रहेका छन् । 

आप्रपासी मूलका महिला सांसदलाई लक्षित गरी आएको ट्रम्पको ट्वीटको सर्वत्र आलोचना भइरहेको छ । उनको ट्विटलाई धेरैले 'रेसिस्ट' र 'जेनोफोविक' रहेको भन्दै आलोचना गरेका छन् । तर, राष्ट्रपति ट्रम्पले भने आफ्नो ट्वीट रंगभेदी नरहेको दाबी गर्दैआएका छन् । 

प्रकाशित मिति: : 2019-07-17 08:57:08

प्रतिकृया दिनुहोस्