राष्ट्रपति ट्रम्पलाई 'आइस-छापा' प्रकरणमा २९ % डेमोक्रेटको समर्थन !

हिपहिप हुर्रे : अमेरिकी जनताले सन् २०२० को लागि हात्ती मुड बनाएजस्तो देखिन्छ ! तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई आइस छापा प्रकरणमा बहुमत अमेरिकीको समथर्न मिलेको छ । अमेरिकामा गरिएको पछिल्लो एक सर्भेक्षणमा उनलाई ५१ प्रतिशत अमेरिकीको समर्थन रहेको देखिएको छ ।  ३५ प्रतिशतले मात्रा छापाको विरोध गरेका छन् । बाँकि १४ प्रतिशतले भने यस विषयमा आफ्नो मत सार्वजनिक गर्न चाहेनन् । 

जुलाई १२ देखि १४ सम्म पोलिटिकोले गरेको सर्भेक्षणमा रिपब्लिकन मतदातामध्ये ८५ प्रतिशतले छापाको समर्थन गरेका छन् । आइस छापाको समर्थनमा २९ प्रतिशत डेमोक्र्याट्स पनि रहेको सर्भेक्षणमा देखिएको छ । बाँकि १४ प्रतिशतले भने यस प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्न चाहेनन् ।

सन् २०२० को राष्ट्रपतीय चुनावी मौसम सुरू भैसकेको बेला यो समर्थनले राष्ट्रपति ट्रम्पलाई आप्रवासी विरोधी छवि कायमै राख्न एक किसिमको अभिप्रेरणा मिलेको छ । उता, डेमोक्रेटहरूलाई भने आप्रवासी मुद्दा भुत्ते हुदै गएकोमा ठूलो झड्का लागेको छ । 

अमेरिकी डेमोक्रटका प्रायश: सबै लोकप्रिय मुद्दा राष्ट्रपति ट्रम्पले आफ्नो बनाइ सकेका छन् । बाँकि रहेको आप्रवासी मुद्दामा पनि अमेरिकी जनताको वितृष्णा पैदा भएजस्तो देखिएको छ । यसले सन् २०२० को राष्ट्रपति चुनाव ट्रम्पका लागि शुभ हुने अरू सम्भावना बढेको जस्तो देखिएको छ । 

 

प्रकाशित मिति: : 2019-07-18 05:57:11

प्रतिकृया दिनुहोस्