न्युयोर्कमा शिक्षामन्त्री पोखरेल भन्दैथिए- 'सबै मिडियामा आएजस्तो हैन ' (भिडियोसहित)

न्युयोर्कमा नेपाली सञ्चारकर्मीमाझ शिक्षामन्त्री गिरिराजमणि पोखरेल । तस्बिर : ब्रेक एन लिंक्स ।

नेपालका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यतिबेला अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका छन् ।

उनी संयुक्त राष्ट्रसंघसँग सम्बन्धित एक कार्यक्रममा सहभागी हुने क्रममा न्युयोर्क आइपुगेका हुन् । कार्यक्रममा सन् २०३० सम्म हासिल गर्न राखिएका १७ सहश्राव्दी लक्ष्यमध्ये चौथो लक्ष्य गुणस्तरीय शिक्षा हासिल गर्ने सम्बन्धी अनुभव आदानप्रदान गरिने बताइएको छ ।

विश्वकका कम विकसित पाँच राष्ट्रलाई नमूना बनाएर गरिएको अध्ययनमा नेपालमा पनि एक नमूना राष्ट्र रहेको थियो । त्यही अध्ययनको निचोड प्रस्तुत गर्ने तथा अनुभव साटासाट गर्न उनी यहाँ आएका हुन् ।

भ्रमणका क्रममा उनले न्युयोर्कमा कार्यरत् नेपाली सञ्चारकर्मीहरूसँग एक साक्षात्कार कार्यक्रमको आयोजना गरी सम्बबन्धित विषय र अन्य समसामयिक विषयमा संवाद गरेका छन् ।

उनले नेपालले गुणात्मक, दीगो र समावेसी शिक्षामा राम्रै उपलव्धी हासिल गरेको विश्वको बुझाइ रहेको बताउँदै सरकार नेपाली जनताको अपेक्षाअनुसार खह्रो उत्रन नसके पनि सकाराम्क दिशातिरै उन्मुख रहेको बताए । सरकारले शिक्षा नीति बनाइसेकेको जानकारी दिदै उनले नियमावली बनाउने चरणमा काम भरहेको बताए ।

अमेरिकामा रहेका नेपालीले नेपालका बारेमा सकारात्मक सन्देश सम्प्रेषण गर्न आग्रह गर्दै निराशा हैन आशा जगाउन पनि अनुरोध गरे । आफ्नो मूललाई होच्याएर आफू अग्लो हुन नसकिने सत्यलाई आत्मसात गर्न पनि उनको अनुरोध थियो ।

उनले एसईईपछि नै विदेश पढ्न जान दिदा धेरै प्राविधिक तथा व्यवहारिक समस्या आएको बताउँदै त्यसको सम्बोधन गर्न अहिले अनुमतिपत्र रोकिएको जानकारी दिए । यसबारेमा गम्भीर गृहकार्य भैरहेको बताउँदै उनले परिपक्व भएर बाहिर गएका नेपाली विद्यार्थीले राम्रो गरिरहेको भए पनि सानो उमेरमा गएकाहरूमा भने डिप्रेसनलगायतका समस्याहरू देखिएको दृष्टान्त प्रस्तुत गरे ।

उनले सञ्चारमाध्यममा आएजस्तो मन्त्रिपरिषदको पुनर्गठन नहुने बताउँदै प्रधानमन्त्रीको विशेषाधिकारमा रहेको यो विषय अहिले प्राथमिकतामा नपरेको आफूले पाएको बताए ।

अमेरिकामा रहेका नेपालीले नेपालका बारेमा सकारात्मक सन्देश सम्प्रेषण गर्न आग्रह गर्दै निराशा हैन आशा जगाउन पनि अनुरोध गरे । आफ्नो मूललाई होच्याएर आफू अग्लो हुन नसकिने सत्यलाई आत्मसात गर्न पनि उनको अनुरोध थियो ।

पछिल्लो समय कुनै न कुनै कार्यक्रम बनाएर नेपालका ठूला नेता तथा मन्त्रीहरूले अमेरिकालाई पानीको पधेरोजस्तै बनाउँदै आएको चर्चाका बारेमा भने उनले खासै टिप्पणी गर्न चाहेनन् । सबै मुलुक र मुलुकबासीप्रति जिम्मेवार भएकाले चर्चा भएजस्तो नहोला भन्ने उनको बुझाइ रह्यो ।

प्रकाशित मिति: : 2019-07-19 06:50:01

प्रतिकृया दिनुहोस्