अमेरिकामा १६ वर्षपछि मृत्युदण्ड : कडा आलोचना तर आएन राजनीतिक तरङ्ग !

अमेरिकामा फर्कियो मृत्युदण्ड एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय फर्किएको छ ।  न्याय मन्त्रालयले १६ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएकाको सजाय कार्यान्वयनमा ल्याउने घोषणा गरेपछि अमेरिकामा मृत्युदण्ड फर्केको हो ।

महान्यायाधिवक्ता विलियम बरले पाँजजना कैदीलाई आउँदो डिसेम्बर र सन् २०२० को जनवरीमा मृत्युदण्ड दिन लागिएको पुष्टी गरे । उनले भने- ‘बालबालिका र ज्येष्ठ नागरिकको हत्या र बलात्कारको मुद्दामा दोषी ठहरिएका पाँच जनालाई मृत्युदण्डको सजाय दिइनेछ ।’

सरकारको यो कदमपछि विभिन्न अधिकारकर्मी समूह र डेमोक्रेट प्रमुखहरुले तिखो आलोचना गरेका छन् । डेमोक्रेटिक राष्ट्रपति पदका उम्मेदवारहरुले मृत्युदण्डको सजाय समाप्त गर्न आह्वान गरेका छन् । 

यसअघि सन् १९७२ मा सर्वोच्च अदालतले राज्य र संघ तहका सबै मृत्युदण्ड खारेज गर्न आदेश दिएको थियो । त्यसपछि सन् १९७६ मा सर्वोच्च अदालतले कतिपय राज्यमा मृत्युदण्डलाई खुला गर्‍यो ।  सन् १९८८ मा सरकारले एउटा कानुन पारित गरेर संघीय तहमा फेरि मृत्युदण्डलाई कायम गरेको थियो । 

यो घोषणपछि सन् २००३ देखि मृत्युदण्डको सजाय कार्यान्वयन गर्न कायम रहेको अनौपचारिक निलम्बन हटेको छ । 

 

प्रकाशित मिति: : 2019-07-27 04:54:15

प्रतिकृया दिनुहोस्