अमेरिकाको क्यालिफोर्नियामा 'मास सुटिङ' गर्ने १९ वर्षीय 'ह्वाइट सुप्रमिस्ट'

अमेरिकामा बढ्दैछ जातीय घृणा : १९ वर्षको यो कलिलो उमेरमै लेगानले दाग्यो श्वेत रङ नभएकामाथि गोली । तस्बिर : लस एन्जलस टाइम्स ।

अमेरिकाको पश्चिमतटीय राज्य क्यालिलोर्नियाको गिलरोयमा आयोजित गार्लिक फेस्टिबलमा भएको मास सुटिङ गर्ने बन्दूकधारी १९ वर्षीय 'ह्वाइट सुप्रमिस्ट' भएको बताइएको छ । बन्दूकधारी गिलरोयकै सान्तिनो विलियम लेगान भएको र ऊ पनि जवाफी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ ।

घटनामा एक ६ वर्षीय वालक, १३वर्षीय बालिका र २० वर्षीय युवक मारिएका थिए भने  १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले लेगानको इन्स्टाग्रामबाट श्वेत अतिवादी पोष्ट गरिएको भेटाएको छ । 'ह्वाइट सुप्रमिस्ट'को संकेत स्मोकी बियरसमेत पोष्ट गरिएको इन्स्टाग्राममा गार्लिक फेस्टिबलले मूल्य चुकाउनुपर्ने समय आएको भनेर सँभावित अनिष्टको संकेत पनि दिइएको छ ।
लेगानले अमेरिका ह्वाइटहरूका लागि मात्र भएको धारणा सार्वजनिक गर्दै अरू रङका मानसलाई बाँच्ने अधिकार नभएको  उल्लेख गरेको जनाइएको छ ।

१९ वर्षको युवकमा अओ रङका मानिसप्रति देखिएको यो अति घृणाको घटनाले अमेरिकामा जातिवादी धारणा गाढा हुदै गएको देखाएको छ । यसले आप्रवासीहरूको बहुसांस्कृतिक मुलुक अमेरिकामा आप्रवासीप्रतिको घृणा बढिरहेको देखिन्छ । 

अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी भएयता श्वेत अतिवादीहरूले वितण्डा मच्चाउँदै आएका छन् । यसमा राष्ट्रपति ट्रम्पको उक्साहटले काम गरेको उनका विरोधीहरूले आरोप लगाउँदै आएका छन् । केही दिनयता राष्ट्रपति सेतो रङ नभएका पाँचजना सांसदमाथि जातिय टिप्पणी गरिसकेका छन् । 

प्रकाशित मिति: : 2019-07-29 23:52:36

प्रतिकृया दिनुहोस्