न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
बिएल संवाददाता
देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५४ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस अवधिमा ८ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये २ सय ४२ जनाको पिसीआर र १२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका संक्रमितको संख्या आठ लाख २४ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको संख्या ९५ हजार ७ सय ८२ पुगेको छ। पछिल्लो समय थप २ सय ३४ जना कोरोनाबाट निको भएका छन्। यससँगै निको हुनेको संख्या आठ लाख ६ हजार ७ सय ७८ पुगेको छ। निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५४ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय ६९ हजार ५ सय ८० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८ सय ९० छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया