'मेक्सिको सीमामा पर्खाल लगाउँछु' भन्ने ट्रम्पको एजेण्डालाई यसरी 'मिस्लिड' गरे मिडियाले (भिडियोसहित)

बिएल एक्सक्लुसिभ

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई 'इन्डोर्स' नगरेका मुख्य मिडिया हाउसलाई 'ट्रम्प खराब' देखाउनु बाध्यता थियो। त्यसैले मेक्सिकोसँगको बोर्डरमा पर्खाल लगाउँछु' भन्ने ट्रम्पको एजेण्डालाई उनीहरूले 'मिस्लिड' गर्ने प्रयत्न गरिरहे। अहिले पनि त्यो क्रम जारी छ। तर, त्यही पर्खालले नै अर्को वर्ष हुन लागेको राष्ट्रपति चुनाव उनलाई ह्वाइट हाउसतिर उकाल्यो भने अचम्म नमाने हुन्छ। 

'मेक्सिकोसँग जोडिएको १९३३ माइल सीमामा पर्खाल लगाउँछु भन्ने हावा एजेण्डाले चुनाव जितिन्छ?'

सन २०१६ को निर्वाचनमा डोनाल्ड ट्रम्पले उठाएको यो एजेण्डालाई अमेरिकी मूलधारका मिडियाले 'यो हावा एजेण्डा हो'  भनेर स्थापित गर्न राम्रैसँग 'प्रोभोक' गरे। मिडियाले के केसम्म गर्न सक्छन् भन्ने उदाहरण हेर्न टाढा जानै पर्दैन, नेपालको निर्मला हत्याकाण्डलाई सम्झिए भने पनि पुग्छ।

डोनाल्ड ट्रम्पले यही एजेण्डामाथि उभिएर निर्वाचन जिते। यसको अर्थ के हो भने- जनताले उनको एजेण्डालाई सही ठाने र उनलाई मतदान गरे। त्यही जनमतले उनलाई ह्वाइट हाउस पुर्यायो। अमेरिकी प्रजातन्त्रमा ह्वाइट हाउस पुर्याउने यो नै विधिसम्मत प्राणली हो। अमेरिकाको ह्वाइट हाउस मात्र हैन, संसारका सबै सत्ताका 'हाउस'मा पुर्‍याउने योभन्दा सुन्दर प्रणाली स्थापित भइसकेकै छैन।

डोनाल्ड ट्रम्पको बिजयपछि अमेरिकाका मूलधारका मिडियाले डोनाल्ड ट्रम्पको पर्खाल-एजेण्डालाई अर्कै एंगलवाट 'प्रोभोक' गर्न थाले - 'किन चाहियो पर्खाल ?'

मलाई जस्तै अधिकांश पाठक, स्रोता र दर्शकलाई पनि यही कुरा सत्य लाग्यो। 'अँ त...साँच्ची - 'किन चाहियो पर्खाल ?'

'मेक्सिकोसँग जोडिएको १९३३ माइल सिमामा पर्खाल लगाउँछु भन्ने हावा एजेण्डाबाट कहीँ चुनाव जितिन्छ?' भन्ने प्रश्नको जवाफबाट विषय सुरु गरौँ।

'सिमामा पर्खाल लगाउँछु' भन्ने हावा एजेण्डा होइन। बरु ट्रम्पले नै पहिलोपटक ल्याएको हैन यो एजेण्डा। मेक्सिको र अमेरिकाको सहमतिमा सन १९०९ देखि सन १९११ सम्म बनेको ६ फिट अग्लो पर्खाल पहिलादेखि नै थियो।

सन १९४० को दशकमा अमेरिकाले बजेट नै छुट्याएर पर्खाल अझ बिस्तार गरेको थियो। सन १९८० को दशकमा 'मेक्सिकन डर्टीवार'ले बिस्तारित आकार लिन थालेपछि क्यार्लिफोर्नियातिर कुनै दिन त एक लाख मान्छे पनि त्यो ६ फिटको पर्खाल नाघेर अमेरिका छिर्न थाले।

प्रत्येक दिन एक लाखका दरले अमेरिका पस्नेलाई नियन्त्रण गर्न अमेरिकी संसदले 'इमिग्रेसन एक्ट १९८०' नै पारित गर्यो। सबैभन्दा बढी अबैधानिक मान्छे र लागुऔषध ओसारपसार हुने मुख्य नाकामा १८ फिट अग्लो पर्खाल थपिने भयो। हरेकपटक नयाँ आउने राष्ट्रपतिले बजेट छुट्याए। सन २००६ सम्म आइपुग्दा तत्कालिन राष्ट्रपति जर्ज वासिङ्टन बुसको पालामा ६ सय माइल लामो १८ फुटको पर्खाल थपियो। बुसको पालामा मात्र हैन, ओवामाको पालामा पनि पर्खाल थपियो।अमेरिकी सरकारी आँकडाले नै भन्छ-  सन २००९ देखि २०११ सम्म  ओबामाका पालामा पाँच सय ८० माइल पर्खाल थपियो।

१९३३ माइल लामो पर्खाल एक वर्षमा सकिने थिएन। काम क्रमिक रुपले चलिरह्यो। सुरक्षा सिमा प्रहरीले बनिसकेको पर्खालको ठाउँठाउँमा ठूला/ठूला प्वाल देख्न थाले। अमेरिका पस्नलाई फलामको बार काटेर बनाइएका ती प्वालले पर्खाल अझै ठूलो बलियो र हुनुपर्ने कुराको पक्षपोषण गरिरहेको थियो।

उचस्तरीय राजनितिक ब्रिफिङमा मेक्सिकोबाट ड्रग कार्टेलिङ र अबैधानिक मानव-तस्करीको ग्राफ बढ्दै गएको सिमा सुरक्षा प्रहरीले देखाउँदै आएका पनि हुन्। तर, २०१६ को राष्ट्रपति चुनावमा अन्य उम्मेदवारले त्यो एजेण्डा बन्छ भन्ने चाल नै पाएननन् वा चाल पाएर पनि त्यसलाई उपेक्षा गरे। यसरी उपेक्षा परेको अबैधानिक आप्रवासन र पर्खाललाई ट्रम्पले एजेण्डा बनाए। त्यही एजेण्डाले उनलाई अप्रत्यासित रूपमा जीत दिलायो। 

प्रकारान्तरमा यसले के पुष्टी गर्यो भने मेक्सिबाट ड्रग-कार्टेलिङ र अबैधानिक मानव-तस्करी हुने मुख्य नाकामा पर्खाल लगाउँछु भन्ने भन्ने हावा एजेण्डा थिएन। बरु मिडियाले ट्रम्पलाई 'ठीक' पार्न 'मिस लिड' गरेको एजेण्डा भने थियो।

मैले अमेरिकाका मुख्य मिडियाहरुमा सुनेझै ट्रम्पले पहिलोपटक अमेरिका- मेक्सिको नाकामा पर्खाल लगाउन लागेका होइन रहेछन। उनले २६ फिट अग्लो आधुनिक पर्खाल बनाउँछु चाँहि भनेका रहेछन्। अहिले क्यालिफोर्नियास्थित स्यान डियागो क्षेत्रमा बन्दै गरेको (हेर्नुस फोटो र भिडियोमा) २६ फिट अग्लो पर्खाल उनले भनेजस्तो पर्खाल हो।

'किन चाहियो पर्खाल?'

क्यालिफोर्नियासँग जोडिएको तिजवानालगायतका अन्य मुख्य नाकावाट मात्रै सन् २०१० यता करिव १७ मिलियत (१ करोड ७० लाख) अबैधानिक आप्रवासी अमेरिका छिरेको मोटामोटी रेकर्ड छ अमेरिकासँग। हरेक दिन कम्तिमा पनि दुई दर्जनभन्दा बढी ठूला लागुऔषध कारोबारी समातिने गरेको रेकर्ड पनि छ अमेरिकासँग। 

संसारकै सबैभन्दा ठूलो र शक्तिसाली ड्रग कार्टेलरको नामबाटट चिनिने एल चापो क्यालिफोर्नियाको पारिपट्टि बसेर ड्रगको कारोबार चलाउँछन।अहिले उनी अमेरिकी जेलमा छन् यद्यपि उनको कारोवार चलिरहेकै छ l उनले परिचानल गर्ने अबैधानिक मानवतस्कर यिनै प्वाल परेका र कतै ६ फिट अग्लो पुरानो पर्खाल प्रयोग गरेर अमेरिका छिर्छन। सिमा सुरक्षा अधिकारी भन्छन्- 'अबैधानिक रुपमा अमेरिका छिर्नेहरु १० प्रतिशत मात्र समातिने हुन्।'

अबैधानिक हतियार र लागुऔषधको भारी बोकेर, पुरानो पर्खालमा प्वाल पार्दै १८ फिट अग्लो पर्खालमा भर्याङ लगाउँदै अमेरिका छिर्नेहरु सुरक्षा अधिकारीका लागि टाउको दुखाइका बिषय हुन्। अमेरिकामा हुने ९० प्रतिशत हतियार र लागुऔषधका घटनामा मेक्सिकोतिरवाट अबैधानिक रुपमा अमेरिका आएकाहरु संलग्न रहेको पोख्त रिपोर्ट अमेरिकी सुरक्षा अधिकारीहरुसँग छ।

स्यानडियागोको अर्कोतिर मेक्सिकोको तिजवाना शहर छ। गएको महिना मात्र 'नागरिक सुरक्षा तथा न्यापरिषद'ले गरेको अनुसन्धान अनुसार तिजवाना संसारकै सबैभन्दा असुरक्षित शहरमा पर्छ। सन २०१८ मा मात्र त्यहाँ २५२१ मानिस  मारिए। मेक्सिकोको स्थानीय सरकारले प्रति एक लाखमा १२४ जना मारिएको रिपोर्ट नै सार्वजनिक गर्यो।

पारिपट्टि तिजवानामा यसरी बढ्दै गरेको हिँसाले अर्कोपट्टि प्रभाव त स्वभाविक रुपले पार्छ नै। त्यही प्रभावलाई रोक्न २६ फिट अग्लो आधुनिक पर्खालको योजना ल्याएका रहेछन् डोनाल्ड ट्रम्पले।

मिडियाले भनेजस्तै खुला सिमानामा पर्खाल हाल्न लागिएको होइन रहेछ। सुरक्षा थ्रेट बढदै जान थालेपछि आधुनिक पर्खालको जरुरत रहेको सुरक्षा अधिकारीले नै सल्लाह दिएका रहेछन्। ६ फिट र १८ फिटको पर्खालले थाम्न नसकेपछि २६ फिटको आधुनिक पर्खालको जरुरत परेको रहेछ।

डोनाल्ड ट्रम्पले सुरक्षा अधिकारीले नै दिएका सल्लाहलाई मुख्य एजेण्डा बनाए। ती एजेण्डामा राष्ट्रिय एजेण्डा बन्न सक्ने 'स्कोप' र ताकत थियो। निर्वाचनमा ट्रम्पलाई 'इन्डोर्स' नगरेका मुख्य मिडिया हाउसलाई 'ट्रम्प खराव' देखाउनु बाध्यता थियो। त्यसैले मेक्सिकोसँगको बोर्डरमा पर्खाल लगाउँछु' भन्ने ट्रम्पको एजेण्डालाई मिडियाले 'मिस्लिड' गरिरहे। अहिले पनि त्यो क्रम जारी छ। तर, त्यही पर्खालले नै अर्को वर्ष पनि उनलाई ह्वाइट हाउसतिर उकाल्यो भने अचम्म नमाने हुन्छ।

प्रकाशित मिति: : 2019-07-31 06:15:31

प्रतिकृया दिनुहोस्