डिभी परेर पनि पूरा नहुने भयो- धेरै नेपालीको अमेरिकी सपना !

नौ महिनामा १३४२ लाई भिसा, अब तीन महिनामा २२९१ ले कसरी पाउँलान् र भिसा ? एक प्रतिकात्मक तस्बिर ।

अमेरिकाको चालु आर्थिक वर्ष २०१९ सकिन अव दुई महिना मात्र बाँकि छ । तर, डीभी परेका नेपालीको भिसा स्वीकृत हुने गति भने कछुवाको चालमा देखिएको छ । यस आर्थिक वर्षका लागि तीनहजार छ सय ३३ नेपालीले भाग्यमानी ठहरिदै डीभी चिट्टा पारे पनि जुनसम्म एकहजार तीनसय ४२ डिभी विजेताले मात्रै अमेरिकाको भिसा पाएका छन् । 

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको यो पछिल्लो तथ्यांक हो । उसको तथ्यांकअनुसार डिभी परेका दुईहजार दुईसय ९१ डिभी चिट्टा परेका भाग्यमानीले भिसा पाइसकेका छैनन् । उनीहरूले चालु आर्थिक वर्षको अन्तिम तीन महिनामा भिसा पाइसक्नुपर्ने हुन्छ । यदि त्यो अवधिमा पनि भिसा प्राप्त गर्न सकेनन् भने उनीहरू डीभी चिट्ठा परेर भाग्यमानी ठहरिएका तर अमेरिका आउन नसकेका 'अभागी' सावित हुनेछन् । 

यो पनि हेर्नुहोस् 
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण।

डीभी परेर पनि अमेरिकाको भिसा नपाउनुको कारण के हुन सक्छ ? यस प्रश्नको उत्तरमा काठमाण्डूस्थित अमेरिकी दूताबासका एक अधिकारीले भने- हामी क्युमा राखेर भिसा प्रोसेसिङ गर्छौं । यसो गर्दा कामको चापले पछाडि पालो परेका कतिपयको पालो नआउन सक्छ । यसबारेमा उनीहरू जानकार छन् । 

तर यो मात्र कारण हैन भन्दै उनले अगाडि भने- कतिपयलाई पब्लिक चार्ज हुन्छ, उनीहरूको भिसा स्वत: रिजेक्ट हुन्छ । कतिपयको डकुमेन्ट पुग्दैन । त्यसैले पनि उनीहरू भिसा पाउँन सक्षम हुदैनन् ।

चालु आर्थिक वर्षमा डीभी पर्ने धेरै नेपालीले भिसा नै नपाउने अवस्था सिर्जना भयो नि त भन्ने प्रश्नको उत्तरमा उनले भने-  हरेक वर्ष यस्तो हुन्छ । यसको मूल कारण डकुमेन्ट सही नभएर नै हुने हो । 

यो पनि हेर्नुहोस् 
बिएल बिशेष: 'मेक्सिको सीमा पर्खाल स्थलगत रिपोर्ट

 

प्रकाशित मिति: : 2019-08-02 05:46:29

प्रतिकृया दिनुहोस्