अमेरिकामा अर्को मास सुटिङ :  टेक्सासको अल्पासोमा २० मारिए, २४ घाइते

बल्ल बाँचियो :   अल्पासो मास सुटिङमा ज्यान जोगाएर निस्कदै  सर्वसाधारण । तस्विर : एजेन्सी ।

अमेरिकामा फेरि अर्को एक मास सुटिङको घटना घटेको छ । घटना टेक्सास राज्यको अल्पासोमा घटेको हो । शनिबार एक सपिङ कम्प्लेक्समा भएको मास सुटिङमा कम्तिमा पनि २० जना मारिएका छन् भने २४ जना गम्भीर घाइते भएका छन् ।

आक्रमणको आशंकामा एकजना २१ वर्षीय श्वेत युवा पक्राउ गरिएका छन् । उनी एलन टेक्सासका प्याट्रियक क्रुसियस भएको बताइएको छ । 

यो पनि हेर्नुहोस् 
अमेरिकी युवाहरूमा हिन्दु धर्मको देवी देउताहरू प्रतिकाे आकर्षण 

क्रुसियसले शुक्रबार नै सामाजिक सञ्जालमा यस्तो घटना घटाउने चेतावनी दिइएको भेटिएको छ । 

उनको पोष्टलाई हेर्दा यो एक जातिवादी आक्रमण जस्तो देखिएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भरहेको र अहिले नै निष्कर्षमा पुग्न नसकिने बताएको छ । 

मृतकहरूको सनाखत भैसकेको छैन । गम्भीर घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भैरहेको छ ।

यो पनि हेर्नुहोस् 
डेढ वर्षदेखि ‘इएलेस’ रोगबाट थलिएका टेण्डी 

थप विवरणहरू आउने क्रम जारी छ । 

प्रकाशित मिति: : 2019-08-04 06:09:02

प्रतिकृया दिनुहोस्