किन दिए रूसका लागि अमेरिकी राजदूतले राजीनामा ?

रूसका लागि अमेरिकी राजदूत जन हन्ट्सम्यान । तस्बिर : एजेन्सी

रूसका लागि अमेरिकी राजदूत जन हन्ट्सम्यानले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

उनले अक्टोबर ३ देखि लागु हुने गरी राजिनामा दिएका हुन् ।

राष्ट्रपति ट्रम्प र उनका समकक्षी पुटिनबीच दोस्ती भए पनि अमेरिका र रूसबीच चाँहि दुश्मनी चलिरहेको बेला आएको उनको राजीनामालाई लिएर अनुमानको बजार गर्माएको छ ।

यो पनि हेर्नुहोस् 

५० अशक्त र मनोरोगीकी आमा

केही दिनअघि मात्र राष्ट्रपति ट्रम्प र उनका समकक्षी पुटिनबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा पुटिनले आफू हन्ट्सम्यानसँग खुशी नभएको बताएको समाचार बाहिरिएको थियो । 

त्यसको लगत्तै आएको हन्ट्सम्यानको राजीनामा कतै ट्रम्प-पुटिन सम्बन्धलाई अप्ठ्यारो पार्नसक्ने ठानेर किनारा लगाउने उपायको रूपमा त आएको हुन सक्ने एकथरिले अनुमान लगाएका छन् । अर्काथरिले हन्ट्सम्यान उटाहको गभर्नरको चुनाव लड्नका लागि बाहिरिएको बताएका छन् । उनी सन् २००५ देखि २००९ सम्म उटाहको गभर्नर थिए ।

हन्ट्सम्यानको राजीनामा जे कारणले आए पनि उनको अनुपस्थिति ट्रम्पका लागि महंगो पर्न सक्छ । सन् २०२० को चुनावको पूर्वसन्ध्यामा रूसमा राजदूतको बदल्ने कुराले अमेरिकामा धेरै कुरा सोच्नुपर्ने ठाउँ मिल्छ । 

प्रकाशित मिति: : 2019-08-07 02:11:42

प्रतिकृया दिनुहोस्