चुनाव जितेका वडाध्यक्ष डिभी परेपछि उडे अमेरिका

भीमफेदी गाउँपालिकाका वडाध्यक्ष जगतमान घिसिङ।भीमफेदी गाउँपालिकाका वडाध्यक्ष जगतमान घिसिङ।

चुनाव जितेका वडाध्यक्ष वडा कार्यालयमा भेटिनुपर्ने हो। तर प्रदेश नम्बर ३ को मकवानपुरस्थित भीमफेदी गाउँपालिका ८ का वडाध्यक्ष कार्यालयमा भेटिँदैनन्।

गाउँलेको सेवा र विकास निर्माणमा ध्यान दिनुपर्ने बेला वडाध्यक्ष जगतमान घिसिङ भने खुसुक्क अमेरिका पुगेका छन्।

सरकारी कामकाज वा घुमफिरका लागि उनी अमेरिका गएका होइनन्। डिभी (डाइभर्सिटी भिसा) परेपछि गत चैतमा उनी अमेरिका उडे। अमेरिका उडेपछि विगत चार महिनादेखि वडा कार्यालय वडाध्यक्षविहीन छ। चैत २० गते परिवारसहित वडाध्यक्ष घिसिङ अमेरिका गएका थिए।

भोट हालेर जिताएको वडाध्यक्ष अमेरिका गएपछि वडा सदस्य नमराज अधिकारीले वडाध्यक्षको जिम्मेवारी लिनुपरेको छ। गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार वडाध्यक्ष बिदा लिएर अमेरिका गएका हुन्।

‘उहाँले राजीनामा दिनुभएको छैन,’ अध्यक्ष लामाले सेतोपाटीसँग भने, ‘फर्केर फेरि गाउँलेको सेवा गर्नुहुन्छ होला।’

लामाका अनुसार वडाध्यक्ष साउन महिनाभित्रै स्वदेश फर्किन सक्छन् तर फर्कने मिति यकिन छैन...

प्रकाशित मिति: : 2019-08-08 00:13:45

प्रतिकृया दिनुहोस्