अमेरिकामा एक 'देशी-भैया' लाई १२ वर्ष जेल र पाँचलाख डलर जरिवाना

अमेरिकामा भिसा फ्रड र आइडेन्टिटी थेफ्टमा 'देशी-भाइ' : कानूनको हात लामो हुन्छ ! प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

अमेरिकामा भिसा फ्रड र आइडेन्टिटी थेफ्ट गर्ने भारतीयमूलका एक 'देशी-भैया'लाई १२ वर्ष जेल र पाँचलाख डलर जरिवाना गरिएको छ । अभिजित प्रसाद नाम गरेका ती 'देशी-भैया'ले १२ वटा भिसा फ्रड र दुईवटा आइडेन्टिटी थेफ्ट गरेको प्रमाणित भएको छ ।  

उनलाई क्यालिफोर्नियाको फेडलर जुरीले दोषी ठहर गरेका हो । जुरीले  १२ वटा भिसा फ्रड गरेकोमा १० बर्ष जेल र दुई लाख ५० हजार डलर जरिवाना गर्यो भने आइडेन्टिटी थेफ्टका दुई अभियोगमा दुइ बर्ष जेल र दुई लाख ५० हजार डलर जरिवाना गरेको हो । उनलाई जुरीले यतिका सजाय र जरिवाना गरे पनि कति गर्ने भन्ने निर्णय भने अदालतले गर्ने बताइएको छ । उनले अक्टोबर १६ देखि सजाय भुक्तान गर्न थाल्ने बताएका छन् ।

उनले सिस्को सिस्टम लगायतका कम्पनीका तर्फबाट नक्कली कागजातका साथमा १९ वटा एचवान बी भिसा आवेदन दर्ता गरेका थिए । तर, अनुसन्धानबाट सिस्कोले त्यसो नगरेको प्रमाणित भएको थियो । 

प्रकाशित मिति: : 2019-08-09 04:44:55

प्रतिकृया दिनुहोस्