क्यालिफोर्नियामा छुरी प्रहारबाट चार मारिए, भर्जिनियामा दुईको गोली हानी हत्या

अमेरिकामा बढ्दैछ - फरक खालको आतंक । पश्चिमको क्यालिफोर्नियादेखि पूर्वको भर्जिनियासम्मै । तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

अमेरिकामा केही दिनयता हत्या आंतकका घटनामा ठूलो बढोत्तरी आएको छ । खासगरी एक किसिमका युवाहरूमा कसले बढी मार्ने भन्ने किसिमको प्रतिस्पर्धा त चलिरहेको छैन भन्ने जस्तो स्थिति देखिएको छ ।

विहीबार मात्र अमेरिकाको क्यालिफोर्निया राज्यको गार्डेन ग्रोवमा एकजना व्यक्तिले चक्कु प्रहार गरेर ४ जनाको ज्यान लिएको छ भने दुईजना घाइते भएका छन् ।

आक्रमणकारीले अपार्टमेन्ट कम्प्लेक्समा दुईजना र सेभेन इलाभेन स्टोरका सुरक्षा गार्ड र सब वे रेष्टुरेण्टका एकजनालाई चक्कु हानेर मारेको  हो । 

ग्यास स्टेशन र ब्यापारिक स्थलमा चक्कु प्रहार गरिएका दुइजना भने घाइते छन् ।

आक्रमणकारी जाचेरी कास्टानेडालाई प्रहरीले सेभेन इलाभेन स्टोरबाट नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी भर्जिनिया राज्यको न्यूपोर्ट न्यूज सहरस्थित एक रेस्टुराँमा बिहीबार नै भएको गोलीबारीमा दुईजना मारिएका छन् । घटना डुन्स रिभर जमैकन एण्ड क्यारेबियन रेस्टुराँमा भएको हो । 

गत सप्तान्तमा टेक्सासको एल पासोमा २२ जना र ओहायोको डेटनमा भएको गोलीबारीमा नौजना गरी एकैदिन ३१ जनाको ज्यान गएको थियो ।

यो पनि हेर्नुहोस्

बिन्दास बल्थली

प्रकाशित मिति: : 2019-08-09 10:28:21

प्रतिकृया दिनुहोस्