मेक्सिको सीमामा गस्ती गरिरहेको अमेरिकी डुंगामाथि पचासौ राउण्ड गोली फायर

मेक्सिको सीमामा गस्ती गरिरहेको अमेरिकी डुंगा । तस्बिर : एजेन्सी

अमेरिका-मेक्सिको सीमाक्षेत्रमा गस्ती गरिरहेको एक अमेरिकी डुंगामाथि गोलीप्रहार गरिएको छ ।

टेक्सासको फ्रन्टन क्षेत्रमा गस्ती गरिरहेको बेला मेक्सिकोतिरबाट गोली प्रहार गरिएको बताइएको छ । 

पचासौ राउण्ड गोलीप्रहार हुँदा डुंगामा क्षति पुगे पनि गस्तीमा रहेका अमेरिकी सुरक्षा कर्मचारीहरू सुरक्षित रहेको बताइएको छ । 

रियो ग्राण्डेमा रहेको मरिन स्टेसनले जनाएअनुसार मेक्सिकोतिर चारजना बन्दुकधारीहरू देखिएका थिए ।

घटनाका बारेमा अनुसन्धान भैरहेको बताइएको छ । 

प्रकाशित मिति: : 2019-08-10 04:47:49

प्रतिकृया दिनुहोस्