अमेरिकामा ग्रिनकार्ड र भिसा असहज : ८३७ पृष्ठको नयाँ नियम घोषणा

मेडिकेड, फुड स्ट्याम्पलगायतका सरकारी सुविधा लिनेको भिसा तथा ग्रिनकार्ड अस्वीकार । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासी विरोधी नीतिलाई पक्षपोषण गर्ने एउटा नयाँ नियम घोषणा गरिएको छ । सोमबार घोषणा गरिएको ८३७ पृष्ठ लामो नियमले ग्रिनकार्ड र भिसाका आवेदनलाई अस्वीकार गर्ने सहज निकास दिएको छ ।

अक्टोबर मध्यदेखि लागु हुने गरी फेडरल रजिष्टरमा प्रकाशित नयाँ नियममा मेडिकेड, फुड स्ट्याम्प, आवास सुविधालगायतका सरकारी सुविधा लिनेको भिसा तथा ग्रिनकार्ड अस्वीकार गर्न सकिने छ । नयाँ नियमले कानुनी बाटोबाट अमेरिकामा आएर बस्न चाहने तर कम आम्दानी हुनेको बाटो बन्द गरिदिने छ । 

नयाँ नियमको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोस् 

अमेरिकामा भिसा र ग्रिनकार्ड असहज बनाउने नयाँ नियम

नयाँ नियमले कागजपत्रविहिन आप्रवासी भने प्रत्यक्ष रूपमा प्रभावित हुने छैनन् । तर, कुनै कानूनी उपायबाट ग्रिनकार्ड आवेदन गरेमा भने उनीहरू पनि प्रभावित हुनेछन् ।

ट्रम्प प्रशासनले नयाँ नियमबाट अमेरिका आउने गरीव आप्रवासीको संख्यामा नाटकीय रुपमा कमी आउने र त्यसबाट अमेरिकी दायित्व कम हुने अपेक्षा लिएको छ । 

नयाँ नियमबाट तीनलाख ८३ हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति: : 2019-08-12 23:08:39

प्रतिकृया दिनुहोस्