आईआरएसको बक्यौता नतिरे पासपोर्ट नै खारेज !

आइआरएसको बाँकि नतिर्नेको पासपोर्ट नै खारेज । एक प्रतिकात्मक तस्बिर ।

अमेरिकामा कर नतिर्नेको पासपोर्ट नै खारेज गरिने भएको छ । पहिल चरणमा ५२ हजार डलरभन्दा माथि कर बुझाउन बाँकी रहेकाको पासपोर्ट खारेज गरिने छ । 

अमेरिकी विदेश विभागका अनुसार अहिले यस्ता करदाताको संख्या चार लाखभन्दा माथि रहेको छ । उनीहरूको पासपोर्ट जोखिममा रहेको सूचना पठाइसकिएको जनाइएको छ ।

यसैगरी कर नतिर्नेको पासपोर्ट नवीकरण नगरिने र आवलेन दिनेको आवेदन अस्वीकार गरिने पनि बताइएको छ । 

विदेश विभागले यसका लागि आईआरएसको संयोजननमा कर नतिर्ने पासपोर्टबाहक अमेरिकी जहाँ भएपनि पासपोर्ट प्रणालीबाटै खारेज गरिने प्रक्रिया अगाडि बढाइसकिएको पनि जनाएको छ ।  

अमेरिकामा आईआरएसको कर नतिरे पासपोर्ट खोस्ने र पासपोर्टका लागि दिइएको आवेदन अस्वीकार गर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति: : 2019-08-14 22:00:16

प्रतिकृया दिनुहोस्