अमेरिकामा रवि लामिछानेका नाममा ' कुपर'ले जारी गर्यो सूचना

रवि लामिछाने : दशा बाजा बजाएर आउँदैन भन्थे ! तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

सञ्चारकर्मी रवि लामिछाने उता नेपालमा प्रहरी हिरासतमै रहेको बेला यता अमेरिकामा उनको नाम सम्भावित डिफल्डरको सूचीमा चढेको छ । उनको नाममा रहेको मेरिल्याण्डको पार्कभिलस्थित घरको किस्ता समयमा तिर्न नसकेपछि ऋणदाताले सूचना जारी गरेको हो । 

उनको नाममा मेरिल्याण्डको पार्कहिलस्थित क्यालिफोर्निया एभेन्युमा रहेको घरको नम्बर ३०४२ रहेको सूचनामा उल्लेख छ ।

रविले जेठी श्रीमती इशासँग पारपाचुके गर्ने बेलामा अमेरिकामा रहेको घर उनकै नाममा गरिदिएर मासिक किस्ता पनि आफूले नै तिरिदिने सम्झौता गरेका थिए । तर, उनले न घर इशाकामा नाम गरिदिए, न मासिक किस्ता नै तिरिदिए । उनको नाममा कुपर नामक रियलस्टेट कम्पनीले जारी गरेको सूचनाले त्यही जनाउँछ । समयमा बाँकि किस्ता नतिरेमा ४५ दिन भित्रमा घर लिलाममा लैजाने सूचनामा उल्लेख छ । 

नेपालीमा एउटा भनाइ छ- दशा बाजा बजाएर आउँदैन । रवि लामिछानेका लागि पनि अहिले यो भनाइ लागु भएजस्तो देखिएको छ । 

प्रकाशित मिति: : 2019-08-16 19:46:20

प्रतिकृया दिनुहोस्