फेरि लडे ९५ वर्षीय अमेरिकी पूर्वराष्ट्रपति कार्टर, टाँका लगाएरै घर बनाउन टेनेसीतिर

९५ वर्षको कर्मशील जिन्दगी : जिम्मी कार्टर त्यसै सम्मानित भएका हैनन् ? तस्बिर : एजेन्सी

अमेरिकाका जिवित जेठो राष्ट्रपतिको कीर्तिमान बनाएका जिमी कार्टर घरमा लडेका छन् । मंगलबार मात्र ९५ वर्ष पुगेका उनी जर्जियाको प्लेनस्थित घरमा लडेका थिए ।

अस्पताल लगेर केही टाँका लगाएर स्वास्थ्यलाभ लिएका उनी घर फर्केका छन् ।  

उनी आफ्नो पूर्वनिर्धारित कार्यक्रमअनुसार नै टेनेसीको नासभिल घर बनाउने काममा सहभागी हुनेछन् ।

कार्टर फाउन्डेसनले त्यहाँ  ह्याविट्याट फर हुम्यानिटीसँग मिलेर विपन्न वर्गका मानिसका लागि २१ घर बनाइरहेको छ । 

त्यही क्रममा अक्टबोर ६ देखि ११ सम्म उनी त्यहाँ रहने कार्यक्रम रहेको छ ।

गत मेमा पनि उनी घरमै लडेका थिए । तर, त्यसपछि पनि उनले ह्याविट्याट फर हुम्यानिटीसँगको सहकार्य जारी राखेका थिए । 

जिम्मी कार्टरले नेपालको पनि भ्रमण गरेका छन् । उनको कार्टर फाउन्डेसनले नेपालमा चुनाव पर्यवेक्षण गर्नुका साथै केही कल्याणकारी काम पनि गरेको छ । 

 

प्रकाशित मिति: : 2019-10-07 06:04:28

प्रतिकृया दिनुहोस्