फक्स न्युजको ताजा मत सर्भेक्षण : ५१ % अमेरिकी ट्रम्पविरूद्ध महाअभियोगको पक्षमा

फक्स न्युजको ताजा मत सर्भेक्षणले निराश ट्रम्प ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई महाअभियोग लगाउनुपर्छ भन्ने पक्षमा बहुमत अमेरिकी रहेको एक ताजा मत सर्भेक्षणले देखाएको छ । अमेरिकाको प्रमुख पुरातनवादी मिडिया फक्सन्युजले गरेको ताजा मत सर्भेक्षणमा ५१ प्रतिशत अमेरिकीले ट्रम्पलाई महाअभियोग लगाएर हटाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेका छन् ।

यसअघि जुलाईमा फक्स न्युजले नै गरेको मत सर्भेक्षणमा ट्रम्पलाई महाअभियोग लगाएर हटाउनुपर्छ भन्ने अमेरिकीको संख्या ४२ प्रतिशत मात्र थियो ।  

यसैगरी ४ प्रतिशतले महाअभियोग लगाए पनि हटाउन नहुने पक्षमा मत जाहेर गरेका छन् भने ४० प्रतिशतले उनलाई महाअभियोग लगाउन नहुने बताएका छन् ।

यो पनि हेर्नुहोस् 
को हुन राष्ट्रपति सी चिङफिङ (जिवनी)
पछिल्लो समय राष्ट्रपति ट्रम्प युक्रेन कनेक्सनमा नराम्ररी फसेपछि उनीप्रति अमेरिकीको विश्वास उड्दै गएको देखिन्छ । यही प्रकरणमा अमेरिकी संसदको तल्लो सदस्यले महाअभियोगको प्रक्रिया नै सुरू गरिसकेको छ । 

तर, ट्रम्पले त्यो प्रक्रिया नै असंवैधानिक भन्दै खारेज गरिदिएका छन् । उनले त्यो प्रक्रियाले नसघाउने भन्दै अनुसन्धानका क्रममा सोधपुछका लागि बोलाइएका मानिसहरूलाई नजान आदेश पनि जारी गरिरहेका छन् ।

फक्स न्युजले अन्य विषयमा पनि जनमत सर्भेक्षण गरेको छ । तर, ती सूचांकहरू पनि ट्रम्पका पक्षमा देखिएका छैनन् ।

फक्स न्युजको यो मत सर्भेक्षणपछि राष्ट्रपति ट्रम्प अरू भड्केका छन् । सन् २०१६ को चुनावमा उनको पक्षमा रहेको फक्स न्युजको मत सर्भेक्षणले नै यस्तो देखाउनु उनका लागि शुभ संकेत हैन । अरूले गरेको मत सर्भेक्षणलाई फेक र होक्स भनेर टारे पनि फक्स न्युजको सर्भेक्षणलाई उनी त्यसो भनेर सजिलै उम्कन सक्दैनन् । 

फक्स न्युजको मत सर्भेक्षणले अमेरिकाको पुरातनवादी मतदातामा ठूलो प्रभाव पार्छ । यो मिडिया अमेरिकामा सधैंभरि रिपब्लिकनहरूको पक्षमा उभिदै आएको छ । 

यो लिंक हेर्नुहोला 
https://www.foxnews.com/politics/fox-news-poll-record-support-for-trump-impeachment 

प्रकाशित मिति: : 2019-10-12 05:51:34

प्रतिकृया दिनुहोस्