अमेरिकामा भारतीय मूलकी छात्राको बलात्कारपछि हत्या

Agency

अमेरिकाको शिकागोमा भारतीय मूलकी १९ वर्षीय छात्रा रुथ जर्जको बलात्कारपछि हत्या भएको छ। 

पश्चिम भारतको हैदराबाद निवासी रुथ इलिनोई विश्वविद्यालयमा मेडिकलको छात्रा थिइन। उनको मृत शरीर विश्वविद्यालयको हातामा रहेको ग्यारेजभित्र कारबाट बरामद गरिएको थियो।

यो घटनामा प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ। अमेरिकी प्रहरीले आइतबार २६ वर्षीय डोनाल्ड थ्रुमन नाम गरेका आरोपीलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका थ्रुमनको विश्वविद्यालयसँग कुनै नाता थिएन।

सोमबार थ्रुमनलाई हत्या तथा बलात्कारको आरोपित घोषित गरियो। चिकित्सकले छात्राको हत्या घाँटी दबाएर भएको बताएका छन्। यसअघि छात्राका परिवारले प्रहरीमा उजुरी हालेका थिए। यसपछि प्रहरीले कलेज क्षेत्रमा रहेको सिसिटिभी फुटेजको जाँच गर्दा शुक्रबार राती १ बजेर ३५ मिनेटमा छात्रा ग्यारेजतर्फ जादंै गरेको भेटिएको थियो। आरोपी व्यक्तिले उनलाई पछ्याइरहेको पनि भिडियोमा रेकर्ड भएको थियो। २ बजेर २० मिनेटमा आरोपी बाहिर निस्किएको देखा परेका थिए।

प्रहरीले शिकागो ट्रान्जिट अथोरिटीसँग पनि भिडियो फुटेज प्राप्त गरेको थियो, जसबाट आरोपीको पहिचान खुलेको हो। आरोपीलाई ‘ब्लु लाइन स्टेशन’ बाट गिरफ्तार गरिएको बताइएको छ।

प्रकाशित मिति: : 2019-11-26 16:13:49

प्रतिकृया दिनुहोस्