सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति पठाइदिन प्रधानमन्त्रीलाई खुल्ला पत्र

फाइल तस्बिर: बिएल

सुदुरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ,कञ्चनपुरले विश्वविद्यालयका लागि उपकुलपति पठाइदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रहसहितको खुल्ला पत्र पठाएको छ।

सोमबार एक पत्र लेख्दै लामो समयसम्म विश्वविद्यालयमा उपकुलपतिको नियुक्त नहुँदा पठनपाठनमा बाधा परेको भन्दै कुलपति समेत रहेका प्रधानमन्त्री ओलीलाई यथाशिध्र नियुक्ति गरिदिन खुल्ला पत्र पठाएको हो।

उक्त पत्रमा महासचिव भक्तराज भट्ट,उप सभापति डा दिपकराज जोशि र सभापति वीरबहादुर सिंहको हस्तारक्षर रहेको छ।

तत्कालीन उपकुलपति डा भूषण श्रेष्ठ र रजिस्ट्रार डा द्विजराज भट्टलाई सरकारले २०७५ पुस २७ मा पदमुक्त गर्दै बहालवाला उपकुलपति र रजिस्ट्रारका रुपमा क्रमशः डा पूर्ण बहादुर चन्द र डा गोविन्द सिंह बिष्टलाई नियुक्त गरेको थियो।

त्यसको विरोधमा नेविसंघले महेन्द्रनगर स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयको मूल गेटमा २७ चैतदेखि तालाबन्दी गरेका छन्। नेविसंघले राम्रो काम गरिरहेका उपकुलपति र रजिस्ट्रारलाई कारबाही गरेर विश्वविद्यालय विरोधी पूर्ण बहादुर चन्दलाई उपकुलपति बनाएको भन्दै विरोध गरिरहेका छन्। विश्वविद्यालयमा लगाएको ताला खोल्ने छाँटकाँट देखाएको छैन।

प्रकाशित मिति: : 2019-12-09 16:59:39

प्रतिकृया दिनुहोस्