राहुल द्रविडका १४ वर्षीय छोराले बनाए दोहोरो सतक

भारतीय क्रिकेटका पूर्व कप्तान राहुल द्रविडका १४ वर्षीय छोरा समित आफ्नो बुवाको पद्चापलाई पछ्याउने तयारीमा छन्।

एजेन्सी

मुम्बई, पुस ५

भारतीय क्रिकेटका पूर्व कप्तान राहुल द्रविडका १४ वर्षीय छोरा समित आफ्नो बुवाको पद्चापलाई पछ्याउने तयारीमा छन्। उनले हालै कर्नाटक राज्य क्रिकेट संघले आयोजना गरेको जुनियर लिगमा दोहोरो सतक बनाएका छन्। 

समितले उपाध्यक्ष–११ टिमबाट प्रतिनिधित्व गर्दै धारवाड टिमविरूद्ध पहिलो इनिङमा २ सय १ रनको दोहोरो सतक पुरा गरेका थिए भने दोस्रो इनिङमा अविजित ९४ रन बनाउन सफल भए। दायाँ हाते ब्याट्सम्यानले २ सय ५० बलमा दोहोरो सतकीय इनिङ खेलेका हुन्। जसमा २२ चौका समावेश थियो। बलिङतर्फ पनि उनले २६ रन खर्चेर ३ विकेट लिएका थिए। 

राहुल द्रविडले भारतबाट १ सय ६४ टेस्ट खेल्ने क्रममा ५२ दशमलव ३१ को औसतले १३ हजार २ सय ८८ रन बनाएका थिए। हाल उनी राष्ट्रिय एकेडेमीका प्रमुख छन्। 
 

प्रकाशित मिति: : 2019-12-22 01:04:04

प्रतिकृया दिनुहोस्