नेपाली साङ्गीतिक क्षेत्रमा आफनो नाम चम्काउँदै आएको एपिक नेपालले दोस्रो साड्गीतिक मनोनयन समपन्न गरेको छ।
शनिबार लाजिम्पाटस्थित नेपाली चुलोमा आयाेजना गरिएको एपिक नेपालमा प्रमुख आतिथ्यता ग्रहण गदैँ पूर्वमन्त्री तथा समाजसेवी नीक्षशमशेर जबराले उदाउँदा नवगायक तथा सड्गीतकार,गीतकार ,निर्देशक तथा मोडललाई अझै राम्रो गर्न शुभकामना दिए।
उनले भने– विभिन्न विधामा तपाईहरु मनोनयनमा पर्नु भएकाे छ। बधाई छ तपाईहरुलाई। आगामी दिनमा यो भन्दा राम्रो गर्नु।
कार्यक्रममा देशप्रेम, पप, आधुनिक, लोकभाका, देउडा, काठे आदि गरि ५६ विधामा रहेका गीत र प्रत्येक विधाबाट ५–५ गीत मनोनयनमा परेका छन् । मनोनयनमा परेका सम्पूर्ण व्यक्तिलाई प्रमाणप्रत्र दिएर सम्मान गरिएको थियो। शनिबार सम्मानित भएका व्यक्तिलाई माघमा हुने कार्यक्रममा आ–आफनो विधाअनुसार पहिलो, दोस्रो र तेस्रो गरि पुरस्कार वितरण गरिने छ।