गृहमन्त्री थापा र नवनियुक्त बेलायती राजदुतबीच भेट

तस्बिर:एजेन्सी

गृहमन्त्री रामबहादुर थापा र नवनियुक्त बेलायती राजदुत निकोला पोल्लिटबीच भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको हो।

भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिए।

उनले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनिहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई आग्रह गरे।

प्रकाशित मिति: : 2019-12-11 13:08:58

प्रतिकृया दिनुहोस्