सिमेन्ट उत्पादनमा प्रयोग हुने रसायनको मात्रामा पुनरावलोकन गर्ने लेखा समितिको निर्णय

फाइल तस्बिर: बिएल

नेपाल गुणस्तर परिषद्को सिमेन्ट उत्पादनमा प्रयोग हुने रसायनको मात्रामा पुनरावलोकन गर्ने निर्णयले मापदण्डले गुणस्तर खस्कनेतर्फ विज्ञहरुले संसदीय समितिको ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारमा बुधबार बसेको संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा विज्ञहरूले नयाँ मापदण्डअनुसार सिमेन्ट उत्पादन गरेमा गुणस्तर खस्कने बताएका हुन्। परिषद्ले गत असार १८ गते ओपीसी सिमेन्ट उत्पादन गर्दा प्रयोग गरिने अघुलनशील पदार्थको मात्रा बढाउने निर्णय गरेको थियो।

परिषद्ले अघुलनशील पदार्थको मात्रा २ बाट बढाएर ४ पु¥याएको छ भने सिमेन्ट उत्पादनमा प्रयोग हुने म्याग्नेसियम अक्साइडको मात्रा पनि बढाएर ६ प्रतिशतसम्म पु¥याएको छ। यसअघि २०५५ जेठ ५ गतेदेखि सिमेन्ट उत्पादनमा अघुलनशील पदार्थको मात्रा २ र म्याग्नेसियम अक्साइडको मात्रा अधिकतम ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो। बैठकमा विज्ञहरूले अघुलनशील पदार्थ र म्याग्नेसियम अक्साइडको मात्रा बढाउन उचित नहुने सुझाव दिएका छन्।

नेपालको खानीमै ३ प्रतिशत म्याग्नेसियमको मात्रा रहेको र प्रोसेसिङ्ग गर्दा स्वतः १ दशमलब ६ प्रतिशत बढ्ने विज्ञले बताए। मात्रा बढाउँदा लागत कम हुने भएकाले नयाँ व्यवस्था गरिएको हुनसक्ने उनीहरूको भनाइ छ। राय विज्ञले दिएपछि समितिले नापतौल विभाग र उद्योग मन्त्रालयसँग छलफल गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2019-12-11 16:32:18

प्रतिकृया दिनुहोस्